खुल्न थाले लमजुङका विद्यालय « Khabarhub

खुल्न थाले लमजुङका विद्यालय


१ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– कोरोना संक्रमणदर घट्दै गएपछि बन्द भएका लमजुङका विद्यालय आइतबारदेखि खुलेका छन् । प्रशासनले विद्यार्थीको भौतिक उपस्थितिमा आइतबारदेखि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी विद्यालय सञ्चालन गर्न अनुमति दिएको हो ।

जिल्लामा रहेका विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप जनस्वास्थ्यको मापदण्ड पालना गरी सञ्चालन गर्न पाउने प्रजिअ वैद्यले बताए ।

वैद्यका अनुसार विद्यालय सञ्चालन गर्दा १२ वर्ष पुरा भएका विद्यार्थीको हकमा नियमित र १२ वर्ष उमेर नपुगेका विद्यार्थीको हकमा स्थानीय तहसँगको समन्वयमा आलोपालो वा सिफ्ट प्रणालीमा सञ्चालनको व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

विद्यालय सञ्चालन गर्ने अनुमति दिइएता पनि कोरोना रोकथाम तथा न्यूनीकरणका लागि भने प्रशासनले जिल्लामा सबै प्रकारका सभा, जुलुस, भेला, मेलामहोत्सव तथा मानिसहरूको भिडभाड हुने अन्य कार्यक्रम गर्न नपाइने भएको छ ।

प्रशासनले सिनेमा हल, दोहरी, हेल्थकल्व, जीमखाना, संग्राहलय, पुस्तकालय, कभर्ड हल, स्विमिङ पुल, फुटसललगायतका व्यवसायीक तथा सार्वजनिक स्थानहरुमा पनि आंशिक खुला गरेको छ । त्यस्ता व्यवसायहरू स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्दै राति १० बजे भन्दा पछि खोल्न नपाउने गरी सञ्चालन गर्न प्रशासनले आग्रह गरेको हो ।

कोभिड १९ को जोखिम अझै कायम रहेको भन्दै त्यसको रोकथाम, नियन्त्रण, उपचार र निगरानीका लागि आमनागरिकहरूलाई जनस्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्न प्रशासनले आग्रह गरेको छ ।

घर बाहिर निस्कँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, मोबाइलमा भए पनि अनिवार्य रुपमा खोपकार्ड राख्न, सार्वजनिक स्थलमा दुई व्यक्तिबीच कम्तीमा २ मिटरको भौतिक दूरी कायम राख्न, पटक पटक सावुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ ।

त्यसैगरी व्यापार व्यवसाय सञ्चालनको हकमा सपिङ मल, डिपार्ट मेन्टस्टोर, सुपर मार्केट र सबै प्रकारका पसल एक पटकमा २० जना भन्दा बढी हुन नहुने, पूर्ण खोप लगाएको कार्ड हुनुपर्ने र जनस्वास्थ्य मापदण्ड पालना गर्ने गरी सञ्चालन गर्न सकिने प्रशासनले जनाएको छ ।

प्रशासनले जिल्लाभित्रका सबै सार्वजनिक र सरकारी निकायमा सेवा लिने सबैले खोप कार्ड (मोबाइलमा फोटो भए पनि) अनिवार्य देखाउनुपर्ने, सरकारी कार्यालय र व्यावसायिक स्थलहरूमा स्यानिटाइजर र मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने सूचनामा उल्लेख छ ।

कोभिड १९ को रोकथाम, नियन्त्रण, निदान र उपचारका लागि नेपाल सरकारबाट जारी आदेश र यस आदेशको पालना गराउन सबै राजनीतिक दल, स्थानीय तह, निजी क्षेत्र, नागरिक समाज, गैरसरकारी संस्था, सञ्चार जगत र आम नागरिक सबैलाई आवश्यक सहयोग समन्वय एवं सहजीकरणको लागि प्रशासनले अनुरोध गरेको छ ।

प्रशासनले जारी गरेको आदेशको अवज्ञा गर्ने वा आदेश कार्यान्वयनमा बाधा पुर्‍याउने व्यक्ति तथा संस्थालाई संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही र सजाय गरिने जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ८ : ३५ बजे

अधुरै बन्यो २४ वर्षदेखिको विश्वकप उपाधिको खडेरी तोड्ने ब्राजिलको सपना

काठमाडौँ – २४ वर्षदेखिको विश्वकप उपाधि खडेरी तोड्ने लक्ष्यका साथ

पाँच पटकको विजेता ब्राजिलमाथि नर्वेको सनसनीपूर्ण जित, हालान्डको दुई गोल

न्युयोर्क – स्टार स्ट्राइकर एर्लिङ हालान्डले खेलको अन्तिम समयमा दुई

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका