खुल्न थाले लमजुङका विद्यालय | Khabarhub Khabarhub

खुल्न थाले लमजुङका विद्यालय


१ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– कोरोना संक्रमणदर घट्दै गएपछि बन्द भएका लमजुङका विद्यालय आइतबारदेखि खुलेका छन् । प्रशासनले विद्यार्थीको भौतिक उपस्थितिमा आइतबारदेखि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी विद्यालय सञ्चालन गर्न अनुमति दिएको हो ।

जिल्लामा रहेका विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप जनस्वास्थ्यको मापदण्ड पालना गरी सञ्चालन गर्न पाउने प्रजिअ वैद्यले बताए ।

वैद्यका अनुसार विद्यालय सञ्चालन गर्दा १२ वर्ष पुरा भएका विद्यार्थीको हकमा नियमित र १२ वर्ष उमेर नपुगेका विद्यार्थीको हकमा स्थानीय तहसँगको समन्वयमा आलोपालो वा सिफ्ट प्रणालीमा सञ्चालनको व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

विद्यालय सञ्चालन गर्ने अनुमति दिइएता पनि कोरोना रोकथाम तथा न्यूनीकरणका लागि भने प्रशासनले जिल्लामा सबै प्रकारका सभा, जुलुस, भेला, मेलामहोत्सव तथा मानिसहरूको भिडभाड हुने अन्य कार्यक्रम गर्न नपाइने भएको छ ।

प्रशासनले सिनेमा हल, दोहरी, हेल्थकल्व, जीमखाना, संग्राहलय, पुस्तकालय, कभर्ड हल, स्विमिङ पुल, फुटसललगायतका व्यवसायीक तथा सार्वजनिक स्थानहरुमा पनि आंशिक खुला गरेको छ । त्यस्ता व्यवसायहरू स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्दै राति १० बजे भन्दा पछि खोल्न नपाउने गरी सञ्चालन गर्न प्रशासनले आग्रह गरेको हो ।

कोभिड १९ को जोखिम अझै कायम रहेको भन्दै त्यसको रोकथाम, नियन्त्रण, उपचार र निगरानीका लागि आमनागरिकहरूलाई जनस्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्न प्रशासनले आग्रह गरेको छ ।

घर बाहिर निस्कँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, मोबाइलमा भए पनि अनिवार्य रुपमा खोपकार्ड राख्न, सार्वजनिक स्थलमा दुई व्यक्तिबीच कम्तीमा २ मिटरको भौतिक दूरी कायम राख्न, पटक पटक सावुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ ।

त्यसैगरी व्यापार व्यवसाय सञ्चालनको हकमा सपिङ मल, डिपार्ट मेन्टस्टोर, सुपर मार्केट र सबै प्रकारका पसल एक पटकमा २० जना भन्दा बढी हुन नहुने, पूर्ण खोप लगाएको कार्ड हुनुपर्ने र जनस्वास्थ्य मापदण्ड पालना गर्ने गरी सञ्चालन गर्न सकिने प्रशासनले जनाएको छ ।

प्रशासनले जिल्लाभित्रका सबै सार्वजनिक र सरकारी निकायमा सेवा लिने सबैले खोप कार्ड (मोबाइलमा फोटो भए पनि) अनिवार्य देखाउनुपर्ने, सरकारी कार्यालय र व्यावसायिक स्थलहरूमा स्यानिटाइजर र मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने सूचनामा उल्लेख छ ।

कोभिड १९ को रोकथाम, नियन्त्रण, निदान र उपचारका लागि नेपाल सरकारबाट जारी आदेश र यस आदेशको पालना गराउन सबै राजनीतिक दल, स्थानीय तह, निजी क्षेत्र, नागरिक समाज, गैरसरकारी संस्था, सञ्चार जगत र आम नागरिक सबैलाई आवश्यक सहयोग समन्वय एवं सहजीकरणको लागि प्रशासनले अनुरोध गरेको छ ।

प्रशासनले जारी गरेको आदेशको अवज्ञा गर्ने वा आदेश कार्यान्वयनमा बाधा पुर्‍याउने व्यक्ति तथा संस्थालाई संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही र सजाय गरिने जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ८ : ३५ बजे

तोरन्ल पर्वमा रमाउँदै थकाली समुदाय (तस्बिरहरू)

काठमाडौं- थकाली समुदायले बुधबार तोरन्ल (फागु पूर्णिमा) पर्व मनाएका छन्

विपन्न परिवारलाई आवास निर्माण

कैलाली– कैलालीको भजनी नगरपालिकाले विपन्न परिवारलाई सुरक्षित उच्च आवास निर्माण

विश्वकै दोस्रो बढी प्रदूषित देशको सूचीमा नेपाल

काठमाडौं– नेपाल आज विश्वकै दोस्रो बढी प्रदूषित देशको सूचीमा परेको

वीर अस्पतालमा स्नायुसम्बन्धी उपचारका लागि अत्याधुनिक सेवा सञ्चालनमा 

काठमाडौं– वीर अस्पतालमा स्नायुसम्बन्धी उपचारका लागि अत्याधुनिक सेवा सञ्चालनमा आएको

हुम्लाको राेडिकाेटमा माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु, चार घाइते

सुर्खेत– हुम्लाको सर्केगाड गाउँपालिका-७, राेडिकाेटमा माटोको ढिस्कोमा पुरिएर एक जनाको