मृतकको जग्गा नामसारी गर्ने वडाध्यक्ष, मालपोत कर्मचारीसहित ७ जना पक्राउ | Khabarhub Khabarhub

मृतकको जग्गा नामसारी गर्ने वडाध्यक्ष, मालपोत कर्मचारीसहित ७ जना पक्राउ


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा – सङ्खुवासभाको भोट खोला गाउँपालिकामा जग्गा जालसाजी प्रकरणमा वडाध्यक्ष र मालपोतका नायव सुब्बासहित ७ जना पक्राउ परेका छन्।

भोट खोला गाउँपालिका-४ का वडाध्यक्ष किन्साङ भोटेसहितको टोलीले स्थानीय दलबहादुर तामाङको २७ रोपनी जग्गा जालसाजी गरी आफन्तको नाममा पास गरेको खुलेको छ । वडा अध्यक्ष भोटे, मालपोत कार्यालयका कर्मचारीसहित सात जनाको टोलीले मृतक तामाङको नाममा रहेको जग्गा अर्काको नाममा पास गरेको अभियोगमा पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा वडाध्यक्ष भोटेसहित सोही वडाका सुरेन्द्र तामाङ, कप्पना भोटे, ङिमा लाजुङ भोटे, खाँदबारी–१ का हाल मालपोल कार्यालय खाँदबारीमा कार्यरत महेन्द्रकुमार पराजुली, मकालु गाउँपालिका-४ घर भाई खाँदबारीमा लेखापढी व्यवसाय गर्ने अनिष गुरुङ र चैनपुर नगरपलिकाका पासाङ शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएपी लालध्वज सुवेदीले बताए । पक्राउ परेका वडाध्यक्ष एमालेबाट निर्वाचित भएका थिए ।

दलबहादुरको मृत्युपछि उनको जग्गाको हकवाला एक मात्र सन्तान बिममाया तामाङ हुन् । उक्त जग्गा ७५ वर्षीया छोरी विममाया नाममा यही फागुन २ मा नामसारी भएको खुलेको छ । तर, विममायालाई आफ्नो नाममा जग्गा नामसारी भएको कुनै जानकारी दिएन । प्रहरीका अनुसार मृतकको नाममा रहेको जग्गा नामसारी गर्न आवश्यक पर्ने कागजातसहित नागरिकताको प्रतिलिपि, घरबाटो सिफरिस तथा जग्गा नामसारी गर्ने सिफारिस समेत वडा अध्यक्षले भोटेले खाँदबारीमै बसेर तयार पारेका थिए ।

प्रहरीका अनुसार उनीहरुले अपर अरुण जलविद्युत् आयोजनास्थलको मुआब्जा क्षेत्रमा पर्ने जग्गा स्थानीय ७५ वर्षीय वृद्धालाई ललाईफकाई गरेर रजिस्ट्रेसन पास गरेको खुलेको छ । मुआब्जाभित्र पर्ने २७ रोपनी जग्गा एक लाख दिएर पास गरेको अनुसन्धानले देखाएको छ ।  २७५ कित्ताको जग्गा पासाङ शेर्पाको एकल नाममा र २८० कित्ताको जग्गा कल्पना भोटे र डिमालाजुङ भोटेको नाममा संयुक्त रजिस्ट्रेसन पास गरिएको छ । बिक्री भएको दुई कित्तामध्ये २७५ नम्बरको जग्गा फागुन १६ गते पासाङ शेर्पाको नामबाट कविता पराजुलीको नाममा रजिस्ट्रेसन पास गरिएको छ ।

उक्त जग्गा नामसारी गर्न वडा अध्यक्षले मालपोत कार्यालय खाँदबारीका कर्मचारी महेन्द्रकुमार पराजुलीको सहयोग लिएको पाइयो । योजना अनुसार बिममाया को नाममा  पास गरिएको जग्गा मध्ये कित्ता नं.२८० (११७३५ वर्गमिटर) को जग्गा वडा अध्यक्ष किन्साङकाृ तर्फबाट कल्पना भोटे र सुरेन्द्रको तर्फबाट उनकै श्रीमती ङिमालाजुङ भोटेको नाममा संयुक्त रजिष्ट्रसन पास गरेको खुलेको छ । बिममायाको नाममा रहेको २७५(१८३० वर्गमिटर) को जग्गा पासाङ शेर्पाको नाममा पास गरेका छन् ।

पासाङको नाममा रहेको सोही जग्गा पुनः कर्मचारी पराजुलीको श्रीमतीको नाममा फाल्गुन १६ मा नामसारी भएको प्रहरीले जनाएको छ । वडा अध्यक्षले जग्गा पास गरिदिए वापत उक्त जग्गा आफुलाई दिएको पराजुलिएले बयानमा बताएको प्रहरीले जनाएको छ । कागजात लेखापढी गरे वापत अनिषलाई वडा अध्यक्षले नौ हजार रुपैयाँ दिएका थिए । कल्पनाको हकमा रजिष्ट्रसन पास लेखापढी व्यवसायी अनिषको नाममा वारेस पास भएको खुलेको छ ।

भोट खोला–२, ४ र ५ का बिभिन्न स्थानमा अपर अरुण जलविधुत् आयोजना (१०६८ मेघावार्ट) निर्माणका लागि अध्ययन भई जग्गा सर्वे तथा जग्गा प्राप्तीको कार्य भइरहेकाले उक्त जग्गा महँगोमा विक्रि हुने लोभले उनिहरुले उक्त जग्गा जालसाजी गरी पास गरेका हुन् ।  पक्राउ परेकाहरुलाई ठगी र किर्ते मुद्दा चलाउने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ७ : २६ बजे

धनकुटामा सुँगुर बोकेको पिकअप दुर्घटना, चालक र सहचालकले गुमाए ज्यान

धनकुटा- धनकुटाको पाख्रीबासमा पिकअप दुर्घटना हुंँदा २ जनाको मृत्यु भएको

अदालतको आदेशले छुटे पनि रविको सांसद निलम्बन फुकुवा नहुने

काठमाडौं– सहकारी ठगी प्रकरणमा मुछिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

‘कार्साङ’ नायिका सिर्जना : १० वर्ष कलाकारिता, अनि मूलधारमा

काठमाडौं – नेपालको रजतपटमा लागि नौलो नाम हो– सिर्जना निङ्लेखु

दुखाइ कम गर्ने औषधि बन्यो लागुऔषध, धरानबाट ट्रामाडोलसहित तीनजना पक्राउ

सुनसरी– धरानको दुई स्थानबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित तीनजनालाई पक्राउ

नेपाल पत्रकार महासंघ बेलायतको अधिवेशन गर्न माग 

लण्डन– बेलायतस्थित नेपाली पत्रकारहरूले नेपाल पत्रकार महासंघ बेलायतको अधिवेशनको माग