प्रेस चौतारीको अध्यक्षमा दोहोरिए बस्नेत, उपाध्यक्षमा पाण्डे « Khabarhub

प्रेस चौतारीको अध्यक्षमा दोहोरिए बस्नेत, उपाध्यक्षमा पाण्डे


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – नेकपा एमालेनिकट पत्रकारको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत पुनः चयन भएका छन् । उपाध्यक्षमा गणेश पाण्डे, सविन प्रियसन, राजेश राई र महिला उपाध्यक्षमा देविका घर्ती चयन भएका छन् ।

पोखरामा सम्पन्न अधिवेशन अन्तर्गत शनिबार राति अबेर गरी पदाधिकारीको टुंगो लागेको हो । निर्वाचन कार्य तालिका अनुसार उम्मेदवारी दर्तासहित राति ११ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका थियो । तर उम्मेदवारी दर्ता नै नभई पदाधिकारी टुंगो लगाइएको हो।

संगठनका नेता समेत रहेका माधव प्रसाद तिवारीले मनोनयन दिन नपाएको भन्दै संगठनबाट निष्क्रिय रहने घोषणा गरेका छन् । उनले फेसबुकमा स्ट्याटस लेखेर अध्यक्ष मण्डलमा पनि सहमति नभई अध्यक्षले आफ्नो टिम घोषणा गरेको भन्दै आपत्ति जनाए ।

घोषित कमिटीको महासचिव हिरामान लामा बनेका छन् । उपमहासचिव राजु सुवेदी र शुरोजजंग पाण्डे छानिए । नयाँ विधानले सचिव प्रदेशबाट छानिने व्यवस्था छ ।

प्रदेश १ को सचिवमा विक्रम लुईंटेल, मधेश प्रदेशमा कमल उपाध्याय, बागमतीबाट विष्णु तारुके, गण्डकीबाट सुष्मा पौडेल, लुम्बिनीबाट प्रदीप आचार्य, कर्णालीबाट विष्णु शर्मा र सुदूरपश्चिम प्रदेशबाट लोकसरी कुँवर सचिव बनेका छन् ।

प्रतिष्ठान सचिवमा हरिबल्लभ नेपाल तथा कोषाध्यक्षमा इन्द्र आचार्य चयन भएका छन् । अध्यक्षमा चार जनाको दाबी थियो । माधव नेपाल, गणेश पाण्डे र टिका विष्ट सहित बस्नेतले दाबी गरेका थिए । पाण्डे उपाध्यक्षमा बस्न राजी भए भने नेपाल र विष्ट अध्यक्षकै दौडबाट बाहिरिएका छन् ।

ओलीकै रोजाईमा बस्नेत अध्यक्ष  

पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन समारोहमै बस्नेतलाई दोहोर्‍याउने संकेत गरेका थिए । ‘अहिलेको कमिटीले राम्रोसँग काम गर्न पाएको छैन । त्यसका धेरै कारण छन्,’ ओलीले भनेका थिए, ‘यहाँबाट साथीहरुले एकताको सन्देश दिनुहुनेछ । मिलेर कमिटी बनाउनुहोला।’

उनले बस्नेत रुचाएपछि चौतारीका इन्चार्ज तथा उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आफ्नै जिल्लाका पाण्डेलाई सहमत गराए । धेरैले गुरुङको समर्थन पाण्डेलाई हुने र पोखरा महाधिवेसनबाट पाण्डे नै अध्यक्ष हुने आँकलन गरेका थिए ।

प्रतिनिधिसमेत निर्वाचनबाटै भए पनि नेतृत्व फेर्ने पक्षमा थिए । तर, मतदाताको मनोभावना विपरीत टिका लगाएर नेतृत्व टुङ्ग्याइएको छ । उनीसहित पदाधिकारीको टुंगो लागेको निर्वाचन कमिटीले जनाएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ९ : ४० बजे

झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र

भद्रपुर– जिल्ला भूमि समस्या समाधान समिति र स्थानीय तहले सार्वजनिक र

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन– नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न

न्याय माग्दै फेरि सडकमा सहकारी पीडित (तस्बिरहरू)

काठमाडौं– सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेका

देवानगञ्ज घटनाबारे सुनसरीका रास्वपा सांसदसहितले भेटे गृहमन्त्री, विशेष घोषणा गर्न लागेको सुधनको जवाफ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा