पछिल्लो दुई सातामा अष्ट्रेलियामा आएको बाढीले कम्तीमा २१ जानको ज्यान लिएको छ। अस्ट्रेलियाको यो अस्वाभाविक र दुखद प्राकृतिक विपत्तिका कारण हजारौँ घरबारबिहीन भएका छन्।
जब ठूलो भेल आफ्नै घर भित्र प्रवेश गरी रहेको थियो, सो समयमा सोफीया वाल्टरमा चिन्ता बन्दा पनि बढी आक्रोश थियो। ‘म एकदमै आक्रोशित थिएँ। आक्रोश यस अर्थमा हो कि यो बारम्बार भएको छ,’ वाल्टरले भनिन्।
सन् २०११ मा पनि वाल्टरले यस्तै नियती भोगेकी थिइन्। उनी त्यस समयको स्मरण गर्दै भन्छिन्, ‘म बसेको पहाड नै टापुमा परिणत भएको थियो।’ ब्रीसबेनमा आएको बाढीको बारेमा उनले बताएकी हुन् । ‘त्यो समयमा पनि म मुस्किलले बाहिर निस्केको कुरा अझै याद छ।’ त्यो नास भएको पहाडमा बसेकी उनले भाँचिएका फर्निचर, नासिएका इलेक्ट्रिक सामान र केटाकेटीका खेलौना सबै लगेर फ्याकेकी थिइन्।
मुसल धारे वर्षापछि आएको बाढीले ब्रीसबेनमा कम्तीमा पाँच जनाको ज्यान गएको थियो। धेरै निर्दोष आहत भएका थिए। कार डुबेका थिए। घर जलमग्न भएका थिए।
मुसल धारे वर्षापछि आएको बाढीले ब्रीसबेनमा कम्तीमा पाँच जनाको ज्यान गएको थियो। धेरै निर्दोषहरू यस घटनामा आहत भएका थिए। कार डुबेका थिए। घरहरू जलमग्न भएका थिए। जलवायु परिवर्तनका लागि राज्यको निकास पछिल्लो अवस्थाको बारे जानकारी दिन चुके पछि अहिले यो अवस्था आएकोमा धेरै जनामा आक्रोश थपिएको हो।
मौसम भविष्यवाणीमा सबैभन्दा धेरै वर्षाको पूर्वानुमान मानिन्छ। यसको पूर्व घोषणाले नै मानिसका लागि पूर्ववत् तयारीको ढोका खुला हुने गर्छ। ‘मान्छेहरूले यसलाई सामान्य मानेर बस्ने अवस्था छैन,’ भिडियोग्राफर गाय म्यानफेल्डले भने। उनी पनि मध्यरातमा बाढीको कारण सामान लिएर ज्यान जोगाउन कुँदेका थिए। उनले महत्त्वपूर्ण फोटोग्राफी र सङ्ग्रहयोग्य साङ्गीतिक सम्पत्ति नै हराएको गुनासो गरेका छन्। पाँच वर्षअघि मात्र किनेको पुस्तक राख्न दराज काम नलाग्ने भएको छ। उनले यसलाई ब्रीसबेनमा आफ्नो घरको बाहिर लगेर राखी सकेका छन्।
‘अन्तिम बाढीपछि त्यस क्षेत्रमा गएर सामान खोज्न बठ्याइँ पनि हुनसक्छ। किनकी फेरि ती सबै सामान खरिद गर्नु भन्दा केही सामान खोज्नु सस्तो पनि हुनसक्छ,’ उनले भने, ‘तपाईँलाई लाग्न सक्छ। ३० वर्ष पछि फेरी बाढी आयो भन्ने मात्र हो। तर त्यत्ति मात्र होइन। कुरा बेवास्ताको हो।’
जलवायु अभियन्ता वाल्टर कार्बन उत्सर्जन घटाउन पहल नगरको तथा नवीकरणीय ऊर्जामा चासो नदिएकोमा पनि अष्ट्रेलियाको सरकारसँग क्रुद्ध छिन्। ‘एकपछि अर्को प्राकृतिक विपत्ति आउनुका बाबजुद हामीले यसलाई अति सामान्य रूपमा लिएका छौँ। यो असाध्यै खराब हो’, उनले भनिन् , ‘म सरकार केही आक्रामक भएको हेर्न चाहन्छु ,जीवाश्म इन्धनलाई सब्सीडीटी दिँदै पुनः नवीकरणीय ऊर्जालाई प्राथमिकतामा राखेर रोजगारीको अवसर सृजना गर्नुको कुनै विकल्प नै छैन।’
‘एकपछि अर्को प्राकृतिक विपत्ति आउनुका बाबजुद हामीले यसलाई अति सामान्य रूपमा लिएका छौँ। यो असाध्यै खराब हो’, उनले भनिन् , ‘म सरकार केही आक्रामक भएको हेर्न चाहन्छु ।’
उनले सरकार यी कुरामा सुस्त भएको आरोप लगाएकी छिन्। गत वर्ष भएको ग्लास्गो सम्मेलनमा यी सबै कुरालाई अनिवार्य भएको ठहर गरिएको थियो। जलवायु परिवर्तनका बारे नीति बनाउने सवालमा अष्ट्रेलिया पुछारको ६० देश मध्य एक थियो। कोइलाजन्य उद्योग र कोइलाजन्य ऊर्जाको निर्यातलाई आम्दानीको श्रोत बनाएको अष्ट्रेलियाका लागि अहिलेको समयमा जलवायु परिवर्तन सुधारका प्रयास गर्नु नै चुनौतीपूर्ण भएको छ।
यत्ति मात्र होइन, यसले उत्पन्न गर्ने चुनौतीसँग सामना गर्न पनि कठिन भएको छ। अन्य मौसमी कुराको अनुमान गर्न र सही नीति लिन अष्ट्रेलिया असफल भएको जस्तै अहिले बाढी आउनुमा जलवायु परिवर्तनले कत्तिको असर परेको छ ? भन्ने यकिन गर्न पनि कठिन भएको छ। तथापि उत्तरी अस्ट्रेलियामा आइ रहेको बाढीमा जलवायु परिवर्तन एउटा प्रमुख कारण भएकोमा वैज्ञानिक सहमत छन्। अस्ट्रेलियाका वैज्ञानिक निकाय सिइरोका अनुसार तातेको महासागरका कारण समुद्रबाट वातावरणमा आर्द्रता बढी रहेको छ।
‘यसले नै भारी वर्षाको जोखिम पनि बढाएको छ’, सिइरोको विज्ञप्तिमा उल्लेख छ। ब्रीसबेनका वार्षिक औसत वर्षाको ८० प्रतिशत वर्षा गएको तिन दिनमा नै भएको छ।
एक रिपोर्टका अनुसार लन्डन लगायत संसारका केही ठूला सहरमा वर्षमा सडकमा जत्ति पानी बग्ने गर्छ, ब्रीसबेनमा गएको तीन दिनमा बगेको थियो। बगरका भागहरूलाई त्यहाँको खोलाले विस्तारै बढाउँदै लगेको छ।
न्यु साउथ वेल्स र क्वीन्सल्यान्डमा त वर्षाले अझ खराब रूप लिएको छ। न्यु साउथ वेल्सको उत्तरी भाग लिजमोरमा केही घरमा छाना भत्किएका थिए। उनीहरूले उद्धारका लागि २४ घण्टा कुरेका थिए। उनीहरूको घर फेरि बन्न त वर्षौँसम्म लाग्न सक्नेछ। ‘अष्ट्रेलियामा जनजीवन साच्चै कठिन बनेको छ।’ बाढी प्रभावित क्षेत्रमा भ्रमणमा रहेका प्रधानमन्त्री स्कट मोरिसनले भनेका छन्, ‘हामीले विगतमा एउटा मात्र समस्याको सामना गरेका थियौँ भने अहिले जलवायु परिवर्तनका कारण उत्पन्न थुप्रै मौसमी समस्याको सामना गरिरहेका छौँ।’ अष्ट्रेलियाले सन् २०५० मा ‘नेट जिरो ’मा पुग्ने लक्ष्य राखेको छ।
एक रिपोर्टका अनुसार लन्डन लगायत संसारका केही ठूला सहरमा वर्षमा सडकमा जत्ति पानी बग्ने गर्छ, ब्रीसबेनमा गएको तीन दिनमा बगेको थियो। बगरका भागहरूलाई त्यहाँको खोलाले विस्तारै बढाउँदै लगेको छ।
संसारमा भएको कार्बन उत्सर्जनमा अष्ट्रेलियाको प्रभाव १.३ प्रतिशत छ। यसलाई घटाउने कुरामा प्रतिबद्धता व्यक्त गर्न भने मोरिसनले छाडेका छैनन्। अभियन्ताले यो प्रतिबद्धताका बाबजुद अर्थपूर्ण कुनै पनि काम नभएको गुनासो गरेका छन्। ‘गएको आठ वर्षमा कुनै उपलब्धिमूलक काम भएन’, जलवायु काउन्सिलका कार्यकारी प्रमुख अमान्डा म्याकेन्जीले भने।
अबको मे महिनामा अष्ट्रेलियामा आम निर्वाचन हुनसक्ने सम्भावना छ। यस बाढीका कारण मानिसको मनमा जलवायु असरको धेरै नै प्रभाव पर्नसक्ने छ। यसले निर्वाचनमा समेत प्रभाव पार्न सक्ने छ। अहिले बाढीको बिमा गर्ने प्रचलन बढेको छ। म्यान्सफेल्ड पुरै बिमा नगरे पनि बिमाको रकमले केही राहत मिलेको बताउँछन्। उनका अनुसार बिमा महँगो भएका कारण धेरै जना बिमा रहित छन्। बाढीको सबैभन्दा धेरै असर उनीहरूलाई नै परेको छ।
सन् २०१० को डिसेम्बरमा जस्टिन र जेफ डग्लस आफ्नो नयाँ घरमा गएका थिए।
उनीहरू त्यहाँको अन्तिम ठूलो बाढी भन्दा दुई महिना अगाडि मात्र त्यहाँ पुगेका हुन्। डग्लस पनि यो बाढीका मुख्य कारण जलवायु परिवर्तन भएकोमा ढुक्क छिन्। लगातार दुई पटकको बाढीमा मुस्किलले बाँचेकी उनका लागि पनि जलवायु परिवर्तनको मुद्दा प्रमुख हो।
डग्लसकै विचारमा कोरोना महामारीको समयमा करमा छुट गरेर सरकारले साना व्यवसायीलाई गरेको सहयोग महत्त्वपूर्ण हो। यसका बाबजुद सरकारका बारे महत्त्वपूर्ण धारणा बनाउनका लागि धेरै समय पर्खनु पर्ने उनी बताउँछिन्। उनकै श्रीमान् भने दोस्रो पटक उनको ढोकैमा भेल आउनुको कारण जलवायु परिवर्तन नै भएकोमा सहमत छैनन्।
बाढीका समाचारले प्राथमिकता पाइरहेको समयमा वैज्ञानिक पनि घटनाक्रमले नै तथ्य पुष्टि गरिसकेको बताउँछन्। ‘जे गर्नु पर्ने त्यसमा हामीले अनावश्यक ढिलाइ गरिरहेका छौँ,’ म्याक्युर विश्वविद्यालयका भाइस चान्सलर तथा जलवायु वैज्ञानिक प्राध्यापक लेस्ली हग्सले भने।
डग्लस भने यस सवालमा बढी सचेत छिन्।भन्छिन्, ‘गएको वर्षमा हामीले केही फरक महसुस गरेका छौँ। केही कठिन प्राकृतिक अवस्था आए। केही दुर्घटना पनि भए। यस कारण यस सवालमा गम्भीर हुनैपर्छ।’
बाढीका समाचारले प्राथमिकता पाइरहेको समयमा वैज्ञानिक पनि घटनाक्रमले नै तथ्य पुष्टि गरिसकेको बताउँछन्। ‘जे गर्नु पर्ने त्यसमा हामीले अनावश्यक ढिलाइ गरिरहेका छौँ,’ म्याक्युर विश्वविद्यालयका भाइस चान्सलर तथा जलवायु वैज्ञानिक प्राध्यापक लेस्ली हग्सले भने।
संसारमा अहिले मानिसले ध्यान दिनुपर्ने विषय छन्। धेरैको ध्यान युक्रेनतर्फ मोडिएको छ। धेरै समस्याका माझ जलवायु परिवर्तनको समस्या भने स्थायी समस्या हो। यसलाई सही ढङ्गले नसोचेमा या गम्भीरतापूर्वक नलिएमा यसले संसारका धेरै देशमा क्षति गर्ने छ। अहिले अष्ट्रेलिया यसको मारमा परे पनि संसारका प्राय सबै देशको जलवायु परिवर्तनका कारण हुन सक्ने दुर्घटनाको जोखिममा छन्। एजेन्सीको सहयोगमा
प्रतिक्रिया