इराकी कुर्दिस्तानको राजधानीमा १२ क्षेप्यास्त्र आक्रमण | Khabarhub Khabarhub

इराकी कुर्दिस्तानको राजधानीमा १२ क्षेप्यास्त्र आक्रमण


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इराकको स्वशासित क्षेत्र इराकी कुर्दिस्तानको राजधानी अर्बिलमा एक दर्जन ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार भएको छ । कुर्दिस अधिकारीहरूले यी क्षेप्यास्त्रहरू इराक बाहिरबाट प्रहार गरिएको जनाएका छन् । इराकको सरकारी टेलिभिजनले पनि कुर्दिस्तानको प्रतिआतङ्कवाद बललाई उद्धृत गर्दै इराकबाहिरबाट प्रहार गरिएका १२ क्षेप्यास्त्र अर्बिलमा खसेको पुष्टि गरेको हो ।

यद्यपि यी क्षेप्यास्त्रबाट कुनै मानवीय क्षति नभएको जनाइएको छ । अर्बिलको कुन ठाउँमा क्षेप्यास्त्र खसेको भन्ने स्पष्ट नभएको रोयटर्सले जनाएको छ । सामाजिक सञ्जालमा पोष्ट गरिएको भिडियोहरूमा भने ठूलो विष्फोटको आवाज आएको सुनिन्छ । ती भिडियोको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।

आइतबार अमेरिकी विदेशमन्त्रालयका प्रवक्ताले घटनालाई ‘घोर आक्रमण’ भन्दै निन्दा गरेका थिए । यद्यपि उनले यस घटनामा अमेरिकी नागरिक वा अमेरिकी भवनमा कुनै क्षति नपुगेको बताएको रोयटर्सले जनाएको छ ।

अर्बिलको अन्तर्राष्ट्रिय विमानस्थलमा तैनाथ अमेरिकी फौजलाई लक्षित गरी यसअघि पनि रकेट आक्रमण हुँदै आएका छन् । यसअघि सन् २०२० को जनवरी महिनामा इरानी सेनापति कसिम सुलेइमानीको अमेरिकी आक्रमणमा मृत्यु भएपछि अर्बिलमा रहेका अमेरिकी फौजलाई लक्षित गरी रकेट आक्रमण भएका थिए ।

पछिल्लो आक्रमण इराकबाहिरबाट भएको भनिएपनि कुन ठाउँबाट कसले आक्रमण गर्यो भन्ने स्पष्ट हुन नसकेको रोयटर्सले जनाएको छ । आक्रमणको कुनै समूहले पनि जिम्मा लिएको छैन ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ११ : ४६ बजे

कोशी प्रदेश सरकार गठन विरुद्धको रिट हरिप्रसाद फुयाँलको इजलासमा सुनुवाइ जारी

काडमाडौं– कोशी प्रदेश सरकार गठन विरुद्धको रिट हरिप्रसाद फुयाँलको इजलासमा

बाँसजन्य सामग्री उत्पादनमा विद्यार्थी आकर्षित

रामपुर- पहिले सबैका घरमा बाँसबाट डोको, नाङ्लो, ढकिया, भकारी, थुङ्सेलगायत

लेखकले भने- ‘आज गृहमन्त्रीले बोलेको सुन्छौँ, निकाश नभए पुनः संसद् अवरोध  गर्छौँ’

काठमाडौं– नेपाली कांग्रेसले गरिरहेको संसद्को अवरोधमा आज कांग्रेसले गृहमन्त्री रबि

प्रधानमन्त्रीसमक्ष मर्स्याङ्दी करिडोर विकासको एजेण्डा पेस

डुम्रे– गण्डकी प्रदेशका नौ स्थानीय तह समेटिएर मर्स्याङ्दी करिडोर बनेको

साना योजना प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरिने छ : प्रधानमन्त्री

सल्यान– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतमा संघीय सरकारले कार्यान्वयन