इराकी कुर्दिस्तानको राजधानीमा १२ क्षेप्यास्त्र आक्रमण « Khabarhub

इराकी कुर्दिस्तानको राजधानीमा १२ क्षेप्यास्त्र आक्रमण


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इराकको स्वशासित क्षेत्र इराकी कुर्दिस्तानको राजधानी अर्बिलमा एक दर्जन ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार भएको छ । कुर्दिस अधिकारीहरूले यी क्षेप्यास्त्रहरू इराक बाहिरबाट प्रहार गरिएको जनाएका छन् । इराकको सरकारी टेलिभिजनले पनि कुर्दिस्तानको प्रतिआतङ्कवाद बललाई उद्धृत गर्दै इराकबाहिरबाट प्रहार गरिएका १२ क्षेप्यास्त्र अर्बिलमा खसेको पुष्टि गरेको हो ।

यद्यपि यी क्षेप्यास्त्रबाट कुनै मानवीय क्षति नभएको जनाइएको छ । अर्बिलको कुन ठाउँमा क्षेप्यास्त्र खसेको भन्ने स्पष्ट नभएको रोयटर्सले जनाएको छ । सामाजिक सञ्जालमा पोष्ट गरिएको भिडियोहरूमा भने ठूलो विष्फोटको आवाज आएको सुनिन्छ । ती भिडियोको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।

आइतबार अमेरिकी विदेशमन्त्रालयका प्रवक्ताले घटनालाई ‘घोर आक्रमण’ भन्दै निन्दा गरेका थिए । यद्यपि उनले यस घटनामा अमेरिकी नागरिक वा अमेरिकी भवनमा कुनै क्षति नपुगेको बताएको रोयटर्सले जनाएको छ ।

अर्बिलको अन्तर्राष्ट्रिय विमानस्थलमा तैनाथ अमेरिकी फौजलाई लक्षित गरी यसअघि पनि रकेट आक्रमण हुँदै आएका छन् । यसअघि सन् २०२० को जनवरी महिनामा इरानी सेनापति कसिम सुलेइमानीको अमेरिकी आक्रमणमा मृत्यु भएपछि अर्बिलमा रहेका अमेरिकी फौजलाई लक्षित गरी रकेट आक्रमण भएका थिए ।

पछिल्लो आक्रमण इराकबाहिरबाट भएको भनिएपनि कुन ठाउँबाट कसले आक्रमण गर्यो भन्ने स्पष्ट हुन नसकेको रोयटर्सले जनाएको छ । आक्रमणको कुनै समूहले पनि जिम्मा लिएको छैन ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ११ : ४६ बजे

उपसभापतिका उम्मेदवार देवराजले फिर्ता लिए उम्मेदवारी

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले पनि उम्मेदवारी

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई

नेप्से परिसूचक ६ अंकले घट्यो

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ६.३८

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक

दसैँमा चार ठूला सिक्वेलको भिडन्त : ‘आमा २’ देखि ‘कबड्डी ५’ सम्म

काठमाडौं– नेपाली चलचित्रका लागि दसैँ सधैँ बक्स अफिसको सुनौलो समय