बेलायतमा सहकर्मीलाई छुरा प्रहार गर्ने एक नेपाली शेफ पक्राउ « Khabarhub

बेलायतमा सहकर्मीलाई छुरा प्रहार गर्ने एक नेपाली शेफ पक्राउ


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन – बेलायतको रिकमेन्सवर्थको प्रिमियर इनमा सहकर्मीलाई छुरा प्रहार गर्ने नेपाली शेफलाई मानसिक स्वास्थ्य ऐनअन्तर्गत पक्राउ गरिएको छ ।

प्यारानोइड सिजोफ्रेनिया रोग लागेको २७ वर्षीय अरुण पुर्जाले होटेलको लबीमा महिलामाथि आक्रमण गरेको बेलायतको स्थानीय अनलाइन हट्सलाईभले उल्लेख गरेको छ । उसले ती महिलाबाट धम्कीपूर्ण आवाज सुनेपछि आक्रमण गरेको बताइएको छ ।

सेन्ट अल्बान्स क्राउन कोर्टले उसले ती महिलालाई कार्यालयबाट पिछा गरी ढाडमा चक्कु प्रहार गरेकोमा  सुनवाइ गरेको थियो ।

सुरुमा ती महिलालाई सामान्य चोट लागे पनि पछि चक्कु प्रकारले उनको शरीरमा क्षतविक्षत भएको छ ।

यसअघि केम्प्टन एभिन्यू‚ होर्नचर्च‚ लन्डनमा बस्ने पूर्जा सजायको लागि साउथल‚ पश्चिम लन्डनको सेन्ट बर्नार्ड अस्पतालको एक मध्यम सुरक्षित इकाई हाजिर भएका थिए ।

गत वर्ष डिसेम्बर २३ मा भएको सुनुवाइमा उनले नियतले घाइते बनाएको स्वीकार गरेका थिए।

अभियोजक म्याथ्यु वाल्सले गत वर्ष सेप्टेम्बर ५ मा नेपालीमा बोल्ने र धम्की दिने आवाज सुनेपछि पुर्जालाई घर जान भनिएको थियो ।

-हर्टफोर्डशायरमर्करीबाट

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  १२ : ०० बजे

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको

एमाले स्थायी कमिटीको बैठक सम्पन्न, १३ जना केन्द्रीय कमिटी सदस्य थपिए

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ– जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ (चितवन)- जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने