माओवादी छाडेर जानेहरुलाई विजुक्छेको नेमकिपामा जान प्रचण्डको सुझाव « Khabarhub

माओवादी छाडेर जानेहरुलाई विजुक्छेको नेमकिपामा जान प्रचण्डको सुझाव


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीलाई कारण देखाई पार्टी छाडेर जाने माओवादीका नेता तथा कार्यकताहरुलाई एमालेमा भन्दा किरण, विप्लव वा नरायणमान विजुक्छेको नेपाल मजदुर किसान पार्टीमा जान सुझाव दिएका छन् ।

अध्यक्ष प्रचण्डले एमसीसी अनुमोदन गरेका कारण पार्टी छाडेका नेताहरुप्रति कडा टिप्पणी गर्दै कसैलाई पनि एमालेमा नजान र एमाले गएकाहरु विचित्र गरेको बताए । संसदमा एमसीसीको सबभन्दा चर्को विरोध नारायणमान विजुक्छेजीको पार्टीले गरेको भन्दै त्यहाँ गए मात्रै विरोध र पार्टी छाडेको अर्थ हुने बताए ।

बिराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले व्याख्यात्मक घोषणालाई कार्यान्वयनका क्रममा हेलचेक्राई गरिए आफुलाई मान्य नहुने र एमसीसी भोलिको आन्दोलनको विषय हुने बताए ।

व्याख्यात्मक घोषणालाई उचित सम्मानसहित कार्यान्वयनमा लानुपर्ने उनको भनाई छ । हालै माओवादी केन्द्रबाट केहि नेता तथा कार्यकर्ताहरु एमालेमा गएपछि प्रचण्डले यस्तो बताएका हुन ।

उनले अमेरिकी सहयोग परियोजना एमसीसी कार्यान्वयनका क्रममा व्याख्यात्मक घोषणालाई कसैले पनि मिनिमाइज नगर्न नहुने बताए ।प्रचण्डले नेकपा एमालेसँग तत्काल सहकार्यको सम्भावना नरहेको बताएका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  १२ : ५० बजे

कप्तानगञ्ज घटनाका विषयमा सर्वदलीय बैठक

विराटनगर– सुनसरीको दक्षिणी क्षेत्रस्थित देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा गएराति भएको घटनाका

चिकित्सकमाथिको हिंसामा शून्य सहनशीलता, स्वास्थ्यकर्मीलाई सेवा सुचारु राख्न मन्त्रालयको आग्रह

काठमाडौं– नारायणी अस्पताल,वीरगञ्जमा बिरामीको उपचारका क्रममा निधन भएपछि भएको तोडफोड

कहाँसम्म पुग्ला ओली–प्रचण्ड गठबन्धन ?

काठमाडौं– राजनीतिमा समीकरण परिवर्तन, पार्टी विभाजन र पुनः ध्रुवीकरण कुनै

काभा पुरुष भलिबल प्रतियोगिता : नेपाल उज्वेकिस्तानसँग पराजित

काठमाडौं– काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल उज्वेकिस्तानसँग

लोकसेवा आयोगमा सरकारी हस्तक्षेपको आरोप लगाउँदै युवाको प्रदर्शन

काठमाडौं– लोकसेवा आयोगको स्वायत्ततामा सरकारी हस्तक्षेप भएको भन्दै युवाहरूले काठमाडौंमा