त्शो रोल्पा र इम्जा त्सो हिमताल जुनसुकै बेला विस्फोट हुन सक्ने « Khabarhub

त्शो रोल्पा र इम्जा त्सो हिमताल जुनसुकै बेला विस्फोट हुन सक्ने


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालका दुई प्रसिद्ध हिमताल त्शो रोल्पा र इम्जा जुनसुकै बेला फुट्न सक्ने विज्ञले बताएका छन् ।

नेपाल विज्ञान पत्रकार मञ्च (एनएफएसजे)ले आयोजना गरेको कार्यक्रममा काठमाडौँ विश्वविद्यालयको वातावरण विज्ञान विद्यालयका हिमनदी विज्ञ तथा विभाग प्रमुख डा. रिजनभक्त कायस्थले यी हिमतालहरू जोखिममा रहेको बताए ।

उनले हिमनदीहरू छोटो हुँदै जानु र हिमतालको आकार बढ्दै जानु खतराको घन्टी भएको बताए । ‘वार्षिक औसत तापक्रममा भएको बृद्धिले हिमनदी पग्लने गति बढेको छ र बरफ निर्माण प्रक्रियामा बाधा पुगेको छ’‚ डा कायस्थले टिप्पणी गरे।

यस्तै‚ नेपालका २१ वटा हिमताल जुनसुकै बेला विस्फोट हुने सम्भावना रहेको विज्ञहरूले चेतावनी दिएका छन् ।

‘इसिमोडको अध्ययनले नेपालको २१‚ तिब्बतका १५ र भारतका १ हिमताल उच्च जोखिममा रहेको देखाएको छ र सरकारले क्षति न्यूनीकरणका लागि तत्कालै पहल गर्नुपर्ने आवश्यकता छ’‚ उनले भने। उनले सम्भावित प्रकोपको विष्फोटको बारेमा तल्लो तहका समुदायलाई जानकारी गराउन प्रारम्भिक चेतावनी प्रणाली विकास गर्न पनि आग्रह गरे।

उनका अनुसार नेपालमा हरेक वर्ष ०.०२९ डिग्री सेन्टिग्रेड तापक्रम बढ्दै गएकोले हिमाली समुदायलगायतका मानिसको जैविक विविधता र जीविकोपार्जनमा जोखिम बढेको छ ।

इसिमोडले गरेको अध्ययनमा नेपालमा सन् २०१० मा ४२१२ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको र ३१२ वर्ग किलोमिटर हिउँ सञ्चय गर्ने ३८०८ हिमनदीहरू थिए।

सन् २०१५ मा इसिमोडले गरेको अर्को अध्ययनमा नेपालका हिमतालहरू घट्दै गएर २०७० ओटा पुगेको थियो ।  वायुमण्डलमा कार्बनडाइअक्साइडको बढ्दो मात्राले गर्दा सन् १९७७ देखि २०१० सम्ममा हिमनदीको क्षेत्रफल २४ प्रतिशतले घटेको छ‚ विगत २६ वर्षदेखि हिमनदीमा जलवायु परिवर्तनको प्रभावबारे अनुसन्धान गरिरहेका डा. कायस्थले बताए।

जलविद्युत उत्पादनमा समेत असर पर्ने जलवायु परिवर्तनको असरका कारण नदीमा पानीको मात्रा पनि घट्दै गएको उनको अनुभव छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  १२ : ३७ बजे

कप्तानगञ्ज घटनाका विषयमा सर्वदलीय बैठक

विराटनगर– सुनसरीको दक्षिणी क्षेत्रस्थित देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा गएराति भएको घटनाका

चिकित्सकमाथिको हिंसामा शून्य सहनशीलता, स्वास्थ्यकर्मीलाई सेवा सुचारु राख्न मन्त्रालयको आग्रह

काठमाडौं– नारायणी अस्पताल,वीरगञ्जमा बिरामीको उपचारका क्रममा निधन भएपछि भएको तोडफोड

कहाँसम्म पुग्ला ओली–प्रचण्ड गठबन्धन ?

काठमाडौं– राजनीतिमा समीकरण परिवर्तन, पार्टी विभाजन र पुनः ध्रुवीकरण कुनै

काभा पुरुष भलिबल प्रतियोगिता : नेपाल उज्वेकिस्तानसँग पराजित

काठमाडौं– काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल उज्वेकिस्तानसँग

लोकसेवा आयोगमा सरकारी हस्तक्षेपको आरोप लगाउँदै युवाको प्रदर्शन

काठमाडौं– लोकसेवा आयोगको स्वायत्ततामा सरकारी हस्तक्षेप भएको भन्दै युवाहरूले काठमाडौंमा