सप्तरीमा आगलागी हुँदा २५ घर जलेर नष्ट, लाखौंको क्षति « Khabarhub

सप्तरीमा आगलागी हुँदा २५ घर जलेर नष्ट, लाखौंको क्षति


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी – सप्तरीको अग्नी साइर गाउँपालिका वडा नम्बर ४ मा शनिबार मध्यराति आगलागी हुँदा २५ घर जलेर नष्ट भएको छ।

टेंग्रीटोलका भोला मरबैताको गोठमा बालिएको घुरबाट सल्केको आगोले १० परिवारको २५ घर जलेर नष्ट हुँदा लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ।

आगलागीबाट दिनेश यादवको चार वटा घर, श्याम यादवको एक घर, डम्बर यादवको चार घर, भोला यादवको दुई वटा घर, फुलदेव यादवको दुई घर, महेश यादवको एक घर, मनोज यादवको दुई घर, सत्यनारायण यादव र अमरेन्द्र यादवको एकसहित २५ वटा घर जलेर नष्ट भएको छ।

स्थानीय चनरी देवी यादवले छोरीको विवाहको लागि जोहो गरेको लुगाफाटो र अन्य सरसामान जलेर नष्ट भएको दुखेसो पोखिन् । खाने खाद्यान्न सामग्री, लत्ताकपडा ,रूपैयाँ पैसा जोगाउन नसकेपछि पीडितलाई दुई छाक हात मुख जोर्न समस्या भएको छ।

आगोलाई बारूणयन्त्र, स्थानीयबासी र प्रहरीले नियन्त्रणमा लिएका थिए।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  १ : ०७ बजे

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,

भोजपुर कांग्रेसका नेताको प्रश्न– ‘विवाद नसुल्झी कसरी होला चुनाव ?’

काठमाडौ । कांग्रेसका निवर्तमान भोजपुर जिल्ला सभापति नन्दमणि राईले नेपाली

कांग्रेस देउवा पक्षद्वारा निर्वाचन आयोगको निर्णयको विरोध

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचन आयोगले गरेको निर्णयको

च्यासलमा एमाले सचिवालय बैठक (तस्बिरहरू) 

काठमाडौं – नेकपा (एमाले) सचिवालय बैठक हाल पार्टी केन्द्रीय कार्यालय

पाल्पामा चुनावी चहलपहल बढ्यो

तानसेन– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न