हिटलरको नरसंहारमा बाँचेकी ९० वर्षीया युक्रेनी शरणार्थी बेलायत पुगिन् « Khabarhub

हिटलरको नरसंहारमा बाँचेकी ९० वर्षीया युक्रेनी शरणार्थी बेलायत पुगिन्


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिटलरको अमानवीय नरसंहारबाट समेत बच्न सफल ९० वर्षीया युक्रेनी महिला रुसी आक्रमणबाट बच्न बेलायत पुगेकी छिन् । ९० वर्षीया कटरिना राजुमेन्को रुसी आक्रमणको चपेटामा परेको खार्किभ शहरबाट ज्यान जोगाएर बेलायत पुगेको बेलायतको डेली मेल पत्रिकाले जनाएको छ ।

उनीसँगै उनकी ६२ वर्षे छोरी लार्सा पनि बेलायत पुगेको जनाइएको छ । बेलायत पुग्नु एक साताअघि उनीहरु पोल्याण्ड पुगेको र त्यहाँबाट बेलायतको गृहमन्त्रालयले उनीहरूका लागि भिसा मिलाइदिएको डेली मेलले जनाएको छ । उनीहरु बेलायतमै रहेका उनीहरूका आफन्तसँग बस्नेछन् ।

सन् १९३१ मा जन्मेकी कटरिना तत्कालीन सोभियत संघका तानाशाह जोसेफ स्टालिनको भोकमरीद्वारा युक्रेनीको नरसंहार (होलोडोमर) र दोश्रो विश्वयुद्धका क्रममा सन् १९४१ मा जर्मन तानाशाह एडोल्फ हिटलरको सोभियत संघमाथिको आक्रमणमा पनि बाच्न सफल रहेकी थिइन् ।

यद्यपि रुसले युक्रेनमाथि आक्रमण गरेपछि भने उनी जीवनमै पहिलो पटक शरणार्थी भई विदेश पलायन हुनु परेको जनाइएको छ ।

(डेली मेलबाट)

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  १ : ४३ बजे

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु

नेपालगञ्ज – लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ ४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर