आगामी बैठकमा जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुन्छ : सभामुख सापकोटा  « Khabarhub

आगामी बैठकमा जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुन्छ : सभामुख सापकोटा 


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुने जानकारी दिएका छन् । संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव एक महिनापछि आइतबार बसेको प्रतिनिधिसभा बैठकमा पेस गरिएको छ ।

बैठकमा सभामुख सापकोटाले आउँदो बैठकमा महाअभियोग प्रस्तावमाथि छलफल हुने जानकारी दिएका हुन् । ‘आगामी बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुनेछ,’ सभामुख सापकोटाले बैठकमा भने । 

आइतबारको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले जबराविरुद्धको महाअभियोग प्रस्ताव प्रस्तुत गरेका हुन् ।  १ फागुनमा दर्ता गरिएको महाअभियोग प्रस्ताव पेस गर्दै उनले महाअभियोग प्रस्ताव पारित गर्न सघाउन सबै सांसदहरूलाई आग्रह गरे । 

एक महिनाअघि १ फागुनमा देव गुरुङ, पुष्पा भुसाल  र जीवनराम श्रेष्ठ प्रस्तावक र ९५ जना सांसद समर्थक रहेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव संसदमा दर्ता गरिएको थियो । 

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  २ : ३४ बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि