राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा ट्राफिक नियन्त्रणको प्रशिक्षण तालिम सुरु « Khabarhub

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा ट्राफिक नियन्त्रणको प्रशिक्षण तालिम सुरु


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको सहयोगमा १४३ औँ समूहको ट्राफिक नियन्त्रण तालिम सुरु भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखामा सुरु भएको सो तालिमको उद्घाटन समारोहमा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले गरेका छन् । फौजी सगंठनमा विशेष महत्व राख्ने यस्ता व्यावसायिक तालिमले प्रशिक्षार्थीको वृत्तिविकासमा महत्वपूर्ण भूमिका खेल्ने प्रवउ जोसीले बताए । 

तालिमले व्यक्तित्व विकासमा समेत सघाउ पुर्‍याउने  विश्वास व्यक्त गरे । ट्राफिक व्यवस्थापन कार्य दिनानुदिन चुनौतीपूर्ण बन्दै गइरहेको परिप्रेक्ष्यमा विशेष खालका समस्यालाई पहिचान गरी त्यसको निराकरणका लागि ट्राफिक प्रहरीसँग भएका मानवीय तथा भौतिक स्रोतसाधनको उच्चतम् प्रयोगका लागि प्रशिक्षण फलदायी हुने जनाइएको छ ।

 सडक प्रयोगकर्तालाई सरल र सहजरूपमा सेवा प्रदान गरी ट्राफिक व्यवस्थापन कार्यमा यस तालिमले सहजता ल्याउँनुपर्नेमा उनले जोड दिए । तालिमलाई विशेष मौकाका रुपमा सदुपयोग गर्दै अझ बढी अध्ययनशील र मेहनती भई फौजी अनुशासन कायम राख्दै बढीभन्दा बढी ज्ञान आर्जन गर्ने थलोका रुपमा उपयोग गर्न पनि उनले प्रशिक्षार्थीलाई आग्रह गरे ।

तालिम संयोजक प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ४५ दिन कार्यावधिको उक्त तालिममा प्रहरी हवल्दार दुई र प्रहरी जवान ७५ गरी कूल ७७ प्रशिक्षार्थीको सहभागिता रहेको जानकारी दिएका थिए । तालिममा ट्राफिक व्यवस्थापनका विविध विषयका स्रोत व्यक्ति तथा विषय विज्ञद्वारा सैद्धान्तिक एवं व्यावहारिक प्रशिक्षण प्रदान गरिनेछ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ३ : ०६ बजे

इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ, मन्त्रीहरू पनि पुगे वसन्तपुर

काठमाडौं– इन्द्रजात्राको अन्तिम दिन आज मंगलबार महिलाहरूले गणेश, भैरव र

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन

कास्कीमा कांग्रेस महाधिवेशनको रौनक (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर–३

किसान सूचीकरणमा तीन लाख किसान थपिए

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको पहलपछि पछिल्लो समय