एनआईसी एशिया बैंकका ग्राहकलाई सोल्टी होटलमा १० प्रतिशत छुट « Khabarhub

एनआईसी एशिया बैंकका ग्राहकलाई सोल्टी होटलमा १० प्रतिशत छुट


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एनआईसी एशिया बैंकका ग्राहकले पाँच तारे होटल द सोल्टी र सोल्टी वेस्टेन्ड प्रमियरमा १० प्रतिसत छुट पाउने भएका छन्  । 

काठमाडौंको सोल्टी होटल र नेपालगन्जको सोल्टी वेस्टेन्ड प्रमियरमा होटलमा कारोबार रकमको भुक्तानी गर्दा डेबिट कार्ड वा क्यूआर कोड मार्फत प्रयोग गर्दा छुट पाइने बैकले जनाएको  छ । 

एनआईसी एशिया बैंक तथा सोल्टी इन्टरप्राइजेजले आज उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । समझदारीपत्रमा बैंकका चिफ स्ट्राटेजी अफिसर  विशाल सिग्देल र कम्पनीका निर्देशक  दिनेश बहादुर बिष्टले हस्ताक्षर गरेका हुन् ।  

पछिल्लोपटक डिजिटल कारोबारमा ग्राहक महानुभावहरूको बाक्लो उपस्थितलाई मध्यनजर गर्दै बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहक महानुभावहरूलाई प्रोत्साहन गर्नका निमित्त उपरोक्त दुई होटलबाट विभिन्न सेवा लिई पीओएस तथा क्यूआर भुक्तानी गर्दा १० प्रतिशतको आकर्षक छुटको व्यवस्था गरेको  विज्ञप्तिमा जनाएको छ ।  

बैंकले आफ्ना मोबाइल बैंकिङ् तथा कार्ड (डेबिट÷क्रेडिट) प्रयोगकर्ताहरूलाई देशभरका २३ सय वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा खरिदको रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको छ ।

एनआईसी बैंक नेपालभर  ३५८ शाखा कार्यालयहरू, ४७३ एटीएम, ९४ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ३ : ३७ बजे

केरूङमा उद्धार र राहतका लागि चीनले लगायो सबै शक्ति, मृतकको संख्या १६ पुग्दा ५४६ जना अझै बेपत्ता

ग्यिरोङ, चीन- चीनको क्षिजाङ स्वायत्त क्षेत्रमा बुधबार बिहान गएको विनाशकारी

भोटेकोशी बाढीका ७८ घाइते उपचारपछि डिस्चार्ज

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी घाइते भएका ७८

बाढीको विपद्‍मा मौन बसेको टिप्पणी भएपछि पार्टी कार्यालयमा देखिए रवि, राहत र उद्धारबारे लिए ब्रिफिङ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भोटेकोसी

रसुवा बाढी पीडितलाई गायिका समीक्षाको खाद्यान्न सहयोग

काठमाडौं – गायिका समीक्षा अधिकारीले रसुवा बाढी पीडितलाई खाद्यान्न सहयोग

प्रविधिको प्रयोग गर्दै शव खोजीमा नयाँ गोरख गण, ७२ शव निकालियो (तस्बिरहरू)

चितवन– प्रविधिको प्रयोग गर्दै चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ