एनआईसी एशिया बैंकका ग्राहकलाई सोल्टी होटलमा १० प्रतिशत छुट | Khabarhub Khabarhub

एनआईसी एशिया बैंकका ग्राहकलाई सोल्टी होटलमा १० प्रतिशत छुट


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एनआईसी एशिया बैंकका ग्राहकले पाँच तारे होटल द सोल्टी र सोल्टी वेस्टेन्ड प्रमियरमा १० प्रतिसत छुट पाउने भएका छन्  । 

काठमाडौंको सोल्टी होटल र नेपालगन्जको सोल्टी वेस्टेन्ड प्रमियरमा होटलमा कारोबार रकमको भुक्तानी गर्दा डेबिट कार्ड वा क्यूआर कोड मार्फत प्रयोग गर्दा छुट पाइने बैकले जनाएको  छ । 

एनआईसी एशिया बैंक तथा सोल्टी इन्टरप्राइजेजले आज उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । समझदारीपत्रमा बैंकका चिफ स्ट्राटेजी अफिसर  विशाल सिग्देल र कम्पनीका निर्देशक  दिनेश बहादुर बिष्टले हस्ताक्षर गरेका हुन् ।  

पछिल्लोपटक डिजिटल कारोबारमा ग्राहक महानुभावहरूको बाक्लो उपस्थितलाई मध्यनजर गर्दै बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहक महानुभावहरूलाई प्रोत्साहन गर्नका निमित्त उपरोक्त दुई होटलबाट विभिन्न सेवा लिई पीओएस तथा क्यूआर भुक्तानी गर्दा १० प्रतिशतको आकर्षक छुटको व्यवस्था गरेको  विज्ञप्तिमा जनाएको छ ।  

बैंकले आफ्ना मोबाइल बैंकिङ् तथा कार्ड (डेबिट÷क्रेडिट) प्रयोगकर्ताहरूलाई देशभरका २३ सय वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा खरिदको रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको छ ।

एनआईसी बैंक नेपालभर  ३५८ शाखा कार्यालयहरू, ४७३ एटीएम, ९४ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ३ : ३७ बजे

क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भिडभाड नगर्न प्रहरीको आग्रह

काठमाडौं– नेपाल प्रहरीले त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट खेलमैदान आसपास क्षेत्रमा अनावश्यक

४ महिनामा सरकारको अवस्था : आम्दानीभन्दा १ खर्ब ३५ अर्ब बढी खर्च

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को ४ महिनामा सरकारले एक आम्दानीभन्दा

शेख हसिनाविरुद्ध फैसला आउनुअघि बङ्गलादेशमा सुरक्षा व्यवस्था कडा

ढाका- बङ्गलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिना विरुद्ध मानवताविरुद्धको

राष्ट्रिय कर दिवसमा उत्कृष्ट करदाता सम्मानित

काठमाडौं– राष्ट्रिय कर दिवस–२०८२ को अवसरमा उत्कृष्ट करदातालाई सम्मानित गरिएको

लिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै 

ताप्लेजुङ– नयाँ उत्पादन भएको अन्नबालीको पूजा गर्न यहाँका लिम्बू समुदायले