तनहुँमा बस र जीप ठोक्किए, तीन जनाको मृत्यु « Khabarhub

तनहुँमा बस र जीप ठोक्किए, तीन जनाको मृत्यु


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँमा बस र जीप ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।

आइतबार दिउँसो पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा बस र जीप ठोक्किएर दुर्घटना भएको हो ।

चितवनबाट पोखरातर्फ गइरहेको ग. २ ख ३०७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ग. ३ च ६०१२ नम्बरको जीप ठोक्ठिएका हुन् ।

मृतकमध्ये शुक्लागण्डकी नगरपालिका–८ का ७३ बर्षीय रुद्रबहादुर सेन ठकुरीको मात्र पहिचान खुलेको छ ।

मृतक अन्दाजी  ३० वर्षीया महिला र ५० वर्षीय पुरुषको पहिचान खुल्न सकेको छैन ।

अन्य १३ जना घाइते भएका छन् । जीपमा सवार नौ जना र बसमा सवार चार जना घाइते भएका छन्।

घाइतेमध्ये नौ जनालाई चितवनस्थित पुरानो मेडकिल कलेज रिफर गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी युवराज खड्काले बताए ।

जीप बससँग ठक्कर खाएर तल खसेको छ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ६ : १३ बजे

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१