तनहुँमा बस र जीप ठोक्किए, तीन जनाको मृत्यु « Khabarhub

तनहुँमा बस र जीप ठोक्किए, तीन जनाको मृत्यु


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँमा बस र जीप ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।

आइतबार दिउँसो पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा बस र जीप ठोक्किएर दुर्घटना भएको हो ।

चितवनबाट पोखरातर्फ गइरहेको ग. २ ख ३०७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ग. ३ च ६०१२ नम्बरको जीप ठोक्ठिएका हुन् ।

मृतकमध्ये शुक्लागण्डकी नगरपालिका–८ का ७३ बर्षीय रुद्रबहादुर सेन ठकुरीको मात्र पहिचान खुलेको छ ।

मृतक अन्दाजी  ३० वर्षीया महिला र ५० वर्षीय पुरुषको पहिचान खुल्न सकेको छैन ।

अन्य १३ जना घाइते भएका छन् । जीपमा सवार नौ जना र बसमा सवार चार जना घाइते भएका छन्।

घाइतेमध्ये नौ जनालाई चितवनस्थित पुरानो मेडकिल कलेज रिफर गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी युवराज खड्काले बताए ।

जीप बससँग ठक्कर खाएर तल खसेको छ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ६ : १३ बजे

यूएनएचसीआरमा आर्थिक संकट, ८३ लाख विस्थापित सहायता र संरक्षणबाट वञ्चित हुने जोखिममा

जेनेभा- संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकाय (यूएनएचसीआर) ले पर्याप्त बजेट अभावका कारण

सञ्चारमन्त्री तिमिल्सिनाको कोरिया भ्रमण स्थगित

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गणतन्त्र कोरियाको राजधानी

रूपपुर आणविक इन्धन ढुवानीमा पाकिस्तानले अनुमति नदिँदा अवरोध

ढाका- बङ्गलादेशको रूपपुर आणविक ऊर्जा केन्द्रका लागि युरेनियम इन्धन बोकेको विमानलाई

बजेट कार्यान्वयनमा ढिलासुस्ती नगर्न बागमतीका मुख्यमन्त्रीको निर्देशन

हेटौँडा- बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले चालु आर्थिक वर्षको नीति, कार्यक्रम

सरकारी निर्णय प्रक्रिया डिजिटल बनाउन नयाँ नियमावली

काठमाडौं– नेपाल सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रक्रियालाई छरितो, पारदर्शी र