विदेशी शक्ति माओवादी सिध्याएर दुई दलीय व्यवस्था स्थापित गर्न खोज्दैछन्– प्रचण्ड « Khabarhub

विदेशी शक्ति माओवादी सिध्याएर दुई दलीय व्यवस्था स्थापित गर्न खोज्दैछन्– प्रचण्ड


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले विदेशी शक्तिहरूले नेपालमा माओवादी सिध्याउँन दुई दलीय व्यवस्था स्थापना गर्न सक्रिय रहेको बताएका छन्।

विराटनगरमा आयोजित माओवादी केन्द्रको प्रदेश–१ स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले स्थानीय देखी सबै चुनावमा माओवादीलाई सिध्याएर दुई दलीय व्यवस्था ल्याउन विदेशी शक्ति लागिरहेको बताए। उनले विदेशी षड्यन्त्र असफल पार्न माओवादीले स्थानीय, संघीय र प्रदेश तहको चुनाव जित्नैपर्ने अवस्था आएको बताए।


प्रचण्डले माओवादीले चुनाव नजिते माओवादी पार्टी र उम्मेदवारले मात्र नभएर नेपालले नै हार्ने दाबी गरे। उनले माओवादीले हार्दा क्रान्तिका उपलब्धी, समावेशी, समानुपातिक लोकतन्त्र सबैले हार्ने भन्दै चुनावलाई सामान्य रुपमा नलिन आग्रह गरे। प्रचण्डले माओवादीलाई घेराबन्दी गरी कमजोर पार्ने षड्यन्त्र भए पुन सङ्घर्षमा जानुपर्ने अवस्था आउने भन्दै त्यसको समेत तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिए।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ६ : ४६ बजे

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।