बायर्नलाई रोक्दै भिल्लारियलसँग सेमिफाइनलमा   « Khabarhub

बायर्नलाई रोक्दै भिल्लारियलसँग सेमिफाइनलमा  


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जर्मन महारथी क्लब बायर्न म्युनिख स्पेनिस क्लब भिल्लारियलसँग बराबरीमा रोकिएको छ।

च्याम्पियन्स लिग फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार राति भएको क्वार्टर फाइनलको दोस्रो लेगमा १–१ गोलको बराबरी खेल्दै बायर्न प्रतियोगिताबाटै बाहिरिएको छ ।

रोबर्ट लेवास्डोस्कीले गोल गर्दै बायर्नलाई प्रतियोगितामा अघि बढाउने कोसिस गरे पनि  भिल्ला रियलका स्यामुअल चुक्केजेले बराबरी गोल फर्काएसँगै बायर्न स्तब्ध भएको हो।

पहिलो लेगको खेलमा भिल्ला रियलले घरेलु मैदानमा १–० को अग्रता लिएको थियो । स्पेनिस क्लब  भिल्लारियल समग्रमा २–१ को नतिजासहित सेमिफाइनल प्रवेश गर्‍यो ।

१६ वर्षमा पहिलो पटक भिल्लारियल च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल पुगेको हो । अन्तिम चारको खेलमा उसले बेन्फिका र लिभरपुलबीचको विजेतासँग खेल्नेछ ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ६ : ४२ बजे

गगनको संकल्प : कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफूहरुको एकमात्रै ध्येय

राष्ट्रियसभामा तीन अध्यादेश पेस

काठमाडौं– राष्ट्रियसभाको आज बसेको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले तीन अध्यादेश

यी पाँच मापदण्ड तय गर्दै गगनलाई प्रधानमन्त्रीका रुपमा अघि सार्‍यो कांग्रेसले

नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको

संरचना नष्ट भएपछि बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता हिरासतमा स्थानान्तरण

भक्तपुर– भक्तपुरको सानोथिमिस्थित बाल सुधार गृह बस्ने नमिल्ने गरी ध्वस्त

बिहेपछि नायिका पूजाको आइटम डान्स !

काठमाडौं – नायिका पूजा शर्मा फिचर्ड आइटम डान्स खिचेपछि फिल्म