कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै, ‘चुनावी घोषणापत्र’लाई अन्तिम रुप दिइने « Khabarhub

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै, ‘चुनावी घोषणापत्र’लाई अन्तिम रुप दिइने


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ।

बैठक ललितपुरस्थित पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

आजको बैठकमा कांग्रेस महामन्त्री गगन थापा संयोजक रहेको ‘स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समिति’ले तय गरेको ‘चुनावी घोषणापत्र’बारे छलफल हुनेछ।

२८ सदस्यीय समितीले बनाएको घोषणापत्रको मस्यौदालाई कार्यसम्पादन समितिको बैठकमा छलफल गरी अन्तिम रुप दिने तयारी छ।

यस्तै सत्तारुढ गठबन्धनमा चुनावी तालमेलबारे भएको सहमतिका विषयमा पनि छलफल हुने मुख्यसचिव पौडेलले बताए।

कांग्रेसले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक पर्सि वैशाख २ गते शुक्रबार बोलाएको छ।

स्थानीय तहको चुनाव आउन अब ३० दिन मात्रै बाँकी रहेको छ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ९ : ४७ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

 आज २०८२ साल माघ ५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र