कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै, ‘चुनावी घोषणापत्र’लाई अन्तिम रुप दिइने « Khabarhub

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै, ‘चुनावी घोषणापत्र’लाई अन्तिम रुप दिइने


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ।

बैठक ललितपुरस्थित पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

आजको बैठकमा कांग्रेस महामन्त्री गगन थापा संयोजक रहेको ‘स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समिति’ले तय गरेको ‘चुनावी घोषणापत्र’बारे छलफल हुनेछ।

२८ सदस्यीय समितीले बनाएको घोषणापत्रको मस्यौदालाई कार्यसम्पादन समितिको बैठकमा छलफल गरी अन्तिम रुप दिने तयारी छ।

यस्तै सत्तारुढ गठबन्धनमा चुनावी तालमेलबारे भएको सहमतिका विषयमा पनि छलफल हुने मुख्यसचिव पौडेलले बताए।

कांग्रेसले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक पर्सि वैशाख २ गते शुक्रबार बोलाएको छ।

स्थानीय तहको चुनाव आउन अब ३० दिन मात्रै बाँकी रहेको छ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ९ : ४७ बजे

बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन

भक्तपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि

प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

काठमाडौं– प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ

राष्ट्रपति सी चिनफिङ नयाँदिल्लीमा

नयाँदिल्ली – चिनियाँ राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी

बढ्दो जलवायु जोखिमप्रति नेपाल–चीन सहकार्य आवश्यक : झलनाथ खनाल

काठमाडौं–  पूर्वप्रधानमन्त्री झलनाथ खनालले विश्वव्यापी तापमान वृद्धिसँगै हिमालय क्षेत्र गम्भीर

कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमितको संख्या ७ हजार नाघेको