आँधीबाट फिलिपिन्समा ज्यान गुमाउनेको संख्या ५८ पुग्यो « Khabarhub

आँधीबाट फिलिपिन्समा ज्यान गुमाउनेको संख्या ५८ पुग्यो


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आँधीपछिको बाढी र पहिरोमा परी फिलिपिन्समा ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ । उद्धारकर्ताहरुले ‘मेगी’ नामक आँधीबाट प्रभावित लेटे प्रान्तको बेबे शहर र आसपासका क्षेत्रमा थप शव फेला पारेसँगै मृतकको संख्या ५८ पुगेको समाचार संस्था एएफपीले जनाएको छ ।

बेबे शहरमा मात्रै ४७ जनाको मृत्यु भएको जनाइएको छ । त्यस्तै, फिलिपिन्सको मिन्दानाओ टापु र मध्य फिलिपिन्सको नेग्रोस ओरिएन्टल प्रान्तमा ३–३ जनाको मृत्यु भएको त्यहाँको विपद् निकायले जनाएको छ ।

सैनिक, तटरक्षक, प्रहरी, अग्निनियन्त्रक लगायतको टोलीबाट उद्धारकार्य भइरहेको छ । यद्यपि निरन्तर पानी परिरहेकाले उद्धारकार्यमा बाधा उत्पन्न भएको छ ।

‘चुनौति यो छ की, यहाँ निरन्तर पानी परिरहेको छ र हामी तुरुन्तै पहिरो प्रभावित क्षेत्रलाई सुरक्षित बनाउन सक्दैनौँ ।’ फिलिपिनी सेनाका ब्रिगेड कमाण्डर नोएल भेस्तुइरलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ ।

‘हामी मानिसहरूको ज्यान लिने र सम्पत्तिको क्षति गराउने दुर्भाग्यपूर्ण घटनाबाट स्तब्ध भएका छौँ ।’ भेस्तुइरले भने ।

हरेक वर्ष फिलिपिन्समा औसत २० वटा आँधी आउने बताइएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  २ : ०९ बजे

उपसभापतिका उम्मेदवार देवराजले फिर्ता लिए उम्मेदवारी

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले पनि उम्मेदवारी

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई

नेप्से परिसूचक ६ अंकले घट्यो

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ६.३८

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक

दसैँमा चार ठूला सिक्वेलको भिडन्त : ‘आमा २’ देखि ‘कबड्डी ५’ सम्म

काठमाडौं– नेपाली चलचित्रका लागि दसैँ सधैँ बक्स अफिसको सुनौलो समय