आँधीबाट फिलिपिन्समा ज्यान गुमाउनेको संख्या ५८ पुग्यो « Khabarhub

आँधीबाट फिलिपिन्समा ज्यान गुमाउनेको संख्या ५८ पुग्यो


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आँधीपछिको बाढी र पहिरोमा परी फिलिपिन्समा ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ । उद्धारकर्ताहरुलेमेगी’ नामक आँधीबाट प्रभावित लेटे प्रान्तको बेबे शहर र आसपासका क्षेत्रमा थप शव फेला पारेसँगै मृतकको संख्या ५८ पुगेको समाचार संस्था एएफपीले जनाएको छ ।

बेबे शहरमा मात्रै ४७ जनाको मृत्यु भएको जनाइएको छ । त्यस्तै, फिलिपिन्सको मिन्दानाओ टापु र मध्य फिलिपिन्सको नेग्रोस ओरिएन्टल प्रान्तमा ३–३ जनाको मृत्यु भएको त्यहाँको विपद् निकायले जनाएको छ ।

सैनिक, तटरक्षक, प्रहरी, अग्निनियन्त्रक लगायतको टोलीबाट उद्धारकार्य भइरहेको छ । यद्यपि निरन्तर पानी परिरहेकाले उद्धारकार्यमा बाधा उत्पन्न भएको छ ।

‘चुनौति यो छ की, यहाँ निरन्तर पानी परिरहेको छ र हामी तुरुन्तै पहिरो प्रभावित क्षेत्रलाई सुरक्षित बनाउन सक्दैनौँ ।’ फिलिपिनी सेनाका ब्रिगेड कमाण्डर नोएल भेस्तुइरलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ ।

‘हामी मानिसहरूको ज्यान लिने र सम्पत्तिको क्षति गराउने दुर्भाग्यपूर्ण घटनाबाट स्तब्ध भएका छौँ ।’ भेस्तुइरले भने ।

हरेक वर्ष फिलिपिन्समा औसत २० वटा आँधी आउने बताइएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  २ : ०९ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका