एमाले र राप्रपा नेपालबीच चुनावी गठबन्धन, एउटै चिह्नबाट लड्ने « Khabarhub

एमाले र राप्रपा नेपालबीच चुनावी गठबन्धन, एउटै चिह्नबाट लड्ने


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमाले र राप्रपा नेपालबीच स्थानीय तहको निर्वाचनको लागि चुनावी गठबन्धन भएको छ ।

राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशील कुमार श्रेष्ठ र नेकपा एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहालले ५ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।

तस्बिर: बिष्णु रिजालको फेसबुकबाट

बुधबार नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत दुई पक्षीय नेताहरुको उपस्थितिमा दुई पार्टीबीच सहमतिपत्र आदानप्रदान भएको छ ।

सहमति अनुसार देशभर सम्भव गएको ठाउँमा नेकपा एमाले र राप्रपा नेपालबीच तालमेल हुनेछ र राप्रपा नेपालका उम्मेद्वारले पनि सूर्य चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् ।

राप्रपा नेपालले आफ्नो उम्मेदवार नभएको ठाउँमा नेकपा एमालेका उम्मेदवारलाई सघाउनेछ भने एमालेले पनि राप्रपा नेपालका उम्मेदवारलाई सघाउने सहमति भएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ३ : ४९ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका