नाइजेरियामा बन्दुकधारीको आक्रमणमा २३ जनाको मृत्यु « Khabarhub

नाइजेरियामा बन्दुकधारीको आक्रमणमा २३ जनाको मृत्यु


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मध्य नाइजेरियाको बेनुइ राज्यमा बन्दुकधारीको आक्रमणमा परी कम्तीमा २३ जनाको ज्यान गएको छ । बेनुइ राज्यका दुई बस्तीमा बन्दुकधारीको समूहले आक्रमण गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

बन्दुकधारीले राज्यको गुमा जिल्लाको म्बड्वेम गाउँ र तारका जिल्लाको टिरोट्यु गाउँमा पसेर आक्रमण गरेको र यसक्रममा कम्तीमा पनि २३ जना मारिएको राज्यका गभर्नरको कार्यालयका प्रवक्ता नथानियल इक्युरले जनाएका छन् ।

इक्युरलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएअनुसार आक्रमणबाट धेरै सर्वसाधारण घाइते भएका छन् र उनीहरुको राज्यकै अस्पतालहरुमा उपचार भइरहेको छ ।

उनले राज्यका गभर्नरले आक्रमणको निन्दा गरेको र सुरक्षा निकायहरुलाई अपराध नियन्त्रण र मानिसहरुको जीवन र सम्पत्तिको रक्षा गर्न आग्रह गरेको बताए ।

पछिल्ला केही महिनायता नाइजेरियामा हतियारधारीको समूहबाट हुने हिंसा उल्लेखनीय रुपमा बढेको छ भने गाईवस्तुको लुटपाट र सशस्त्र डकैतीका घटनामा पनि वृद्धि भएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ४ : ३८ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका