थप १९ जनामा कोरोना संक्रमण « Khabarhub

थप १९ जनामा कोरोना संक्रमण


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालमा पछिल्लो २४ घन्टामा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७१५ जनाको कोरोना परीक्षण गर्दा यो संख्यामा संक्रमित थपिएको हो ।

३ हजार ३४९ जनाको पीसीआर र १ हजार ३६६ जनाको एन्टिजेन परीक्षण गरिएको थियाे ।

योसँगै नेपालमा संक्रमितको संख्या ९ लाख ७८ हजार ६ सय १६ पुगेको छ ।

सक्रिय संक्रमितको संख्या ५ सय २० रहेको छ । आज ४९ जना डिस्चार्ज भएका छन् । संक्रमणमुक्त भएकाको संख्या ९ लाख ६६ हजार १ सय ११ रहेको छ ।

पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ५ : २० बजे

उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च गुहारे रेशम चौधरीले

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी

बलियो राष्ट्रिय शक्ति निर्माण गर्न नसके देशमा फेरि दुर्घटना हुन्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बलियो राष्ट्रिय

सजिलो छैन प्रधानमन्त्रीका दुई उम्मेदवारको संसद् यात्रा

काठमाडौं- वरिष्ठ नेता बालेन्द्र साहलाई फागुन २१ को निर्वाचनपछिको प्रधानमन्त्री

बाँकेमा चार जनाले फिर्ता लिए उम्मेदवारी

नेपालगञ्ज– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी दिएका

प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको डेढ करोड मतपत्र छपाइ

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक