पोल्याण्ड, लिथुएनिया, लात्भिया र इस्टोनियाका राष्ट्रपतिले किभको भ्रमण गर्ने « Khabarhub

पोल्याण्ड, लिथुएनिया, लात्भिया र इस्टोनियाका राष्ट्रपतिले किभको भ्रमण गर्ने


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– छिमेकी मुलुकहरु पोल्याण्ड, लिथुएनिया, लात्भिया र इस्टोनियाका राष्ट्रपतिहरुले रुसी आक्रमणको सामना गरिरहेको युक्रेनको राजधानी किभको भ्रमण गर्ने भएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ताका लागि उनीहरु किभ जान लागेको बीबीसीले जनाएको छ ।

इस्टोनियाका राष्ट्रपति अलार कारिस, पोल्याण्डका राष्ट्रपति आन्द्रेई डुडा, लिथुएनियाका राष्ट्रपति गिटनास नउसेडा र लात्भियाका राष्ट्रपति एग्लिश लेभित्सले किभको भ्रमण गर्ने समाचार संस्था एएफपीले जनाएको छ ।

जेलेन्स्कीले ‘सहयोगको संकेतस्वरूप’ ती मुलुकका राष्ट्रपतिहरुले किभको भ्रमण गर्न लागेको जनाएका छन् । उनीहरुको भ्रमण युक्रेनलाई सैनिक तथा मानवीय सहायता प्रदान गर्ने विषयमा केन्द्रित रहने बताइएको छ ।

यसअघि जर्मन राष्ट्रपति फ्राङ्क–भाल्टर स्टाइनमियरले पनि यी मुलुकका राष्ट्रपतिको समूहसँगै किभको भ्रमण गर्ने कार्यक्रम रहेको थियो ।

यद्यपि कुनै समय जर्मन विदेशमन्त्री रहँदा रुससँग धेरै नजिक भएको भन्दै युक्रेनले उनलाई स्वागत गर्न नसकिने जनाएको थियो ।

यद्यपि निकट भविष्य मै जर्मन चान्सलर ओलाफ शोल्जले किभको भ्रमण गर्नसक्ने जेलेन्स्कीका सल्लाहकारले जानकारी दिएको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ५ : ३५ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु