झापा कोरोना मुक्त « Khabarhub

झापा कोरोना मुक्त


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- जिल्लामा कोभिड–१९ सङ्क्रमित शून्य रहेको जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयको तथ्याङ्कमा चैत ९ गतेदेखि हालसम्म कोभिडका एउटा पनि सङ्क्रमित देखिएका छैनन् ।

कार्यालयका खोप अधिकृत ईश्वरी पौडेलले मेची अञ्चल अस्पताल र कनकाई ल्याबमा गरी दैनिक पाँच/छ जनाले स्वाब परीक्षण गराए पनि कोभिड पोजेटिभ नदेखिएको बताए। “शङ्का लाग्नेमध्ये एकाध मान्छे स्वाब परीक्षणका लागि आउनुहुन्छ तर रिपोर्ट नेगेटिभ नै आइरहेको छ”, उनले भने । सीमानाकाबाट नेपाल प्रवेश गर्नेहरूको एन्टिजेन परीक्षणलाई नियमित गरिरहेको उनले बताए । उनले जिल्लाका अस्पताल तथा होमआइसोलेशनमा समेत कोही नरहेको जानकारी दिए।

झापामा कोभिड–१९ बाट हालसम्म ६६२ जनाले ज्यान गुमाएका छन् । जिल्लामा १२ देखि १७ वर्ष उम्मेर समूहका ९९ हजार ५७६ जनाले कोरोना भइरस विरुद्धको पूर्ण खोप लगाएका छन् भने १८ वर्ष माथिकाले छ लाख ८५ हजार ३०० जनाले पूरा खोप लगाइसकेको उनको भनाइ छ । उनले हाल जिल्लाका सबै पालिकामा टाइफाइड रोगविरुद्धको खोप अभियान सञ्चालन भइरहेको जानकारी दिए।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ८ : ३० बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक