झापा कोरोना मुक्त « Khabarhub

झापा कोरोना मुक्त


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- जिल्लामा कोभिड–१९ सङ्क्रमित शून्य रहेको जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयको तथ्याङ्कमा चैत ९ गतेदेखि हालसम्म कोभिडका एउटा पनि सङ्क्रमित देखिएका छैनन् ।

कार्यालयका खोप अधिकृत ईश्वरी पौडेलले मेची अञ्चल अस्पताल र कनकाई ल्याबमा गरी दैनिक पाँच/छ जनाले स्वाब परीक्षण गराए पनि कोभिड पोजेटिभ नदेखिएको बताए। “शङ्का लाग्नेमध्ये एकाध मान्छे स्वाब परीक्षणका लागि आउनुहुन्छ तर रिपोर्ट नेगेटिभ नै आइरहेको छ”, उनले भने । सीमानाकाबाट नेपाल प्रवेश गर्नेहरूको एन्टिजेन परीक्षणलाई नियमित गरिरहेको उनले बताए । उनले जिल्लाका अस्पताल तथा होमआइसोलेशनमा समेत कोही नरहेको जानकारी दिए।

झापामा कोभिड–१९ बाट हालसम्म ६६२ जनाले ज्यान गुमाएका छन् । जिल्लामा १२ देखि १७ वर्ष उम्मेर समूहका ९९ हजार ५७६ जनाले कोरोना भइरस विरुद्धको पूर्ण खोप लगाएका छन् भने १८ वर्ष माथिकाले छ लाख ८५ हजार ३०० जनाले पूरा खोप लगाइसकेको उनको भनाइ छ । उनले हाल जिल्लाका सबै पालिकामा टाइफाइड रोगविरुद्धको खोप अभियान सञ्चालन भइरहेको जानकारी दिए।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ८ : ३० बजे

अमेरिका-इरान वार्ता : ट्रम्प आशावादी, तेहरानले भन्यो- ‘भ्रामक समाचार’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी तनाव अन्त्यका

न्युयोर्क : धावनमार्गमै दमकलमा ठोक्किएर जहाज दुई टुक्रा, पाइलटको मृत्यु, ४१ घाइते

न्युयोर्क- न्युयोर्कस्थित लागार्डिया विमानस्थलमा एयर क्यानडाको एउटा विमान दमकलसँग ठोक्किँदा

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल चैत १० गते मंगलबार चैत

आज २०८२ साल चैत १० गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत १० गते मंगलबार चैत