माओवादीका वीरगञ्ज अध्यक्षसहित तीन जना निष्कासित « Khabarhub

माओवादीका वीरगञ्ज अध्यक्षसहित तीन जना निष्कासित


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रले वीरगञ्ज महानगरपालिका समितिका अध्यक्ष रहबर अन्सारीसहित तीन जनालाई पार्टीबाट निष्कासन गरेको छ ।

यसरी निष्कासित हुनेहरुमा अध्यक्ष अन्सारीसहित उपाध्यक्ष अनुरुध यादव र जुम्मादिन अन्सारी रहेका छन् ।

रहबर गत निर्वाचनमा माओवादीका तर्फबाट वीरगञ्जमा मेरयमा प्रतिस्पर्धा गरेका थिए भने आगामी निर्वाचनमा पनि उनी उम्मेदवार हुने चर्चा चलिरहेको थियो । तर उनलाई पार्टीबाटै निष्काशन गरिएको छ ।

माओवादी केन्द्र पर्साका इन्चार्ज विजय महतो र संयोजक रामदरश कुशवाहाले एक विज्ञप्ति जारी गर्दै उनीहरूलाई पार्टीबाट निष्कासन गरेको जनाएका हुन् ।

पार्टीको कार्यालय तोडफोड गरी जिल्लाका जिम्मेवार नेतृत्वमाथि गाली गलौज गरेको र पार्टीलाई बदनाम गराउने कार्य उनीहरूले गरेको आरोप लगाइएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ९ : ०२ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका