आज २०७९ साल वैशाख ३० गते शुक्रबारको राशिफल « Khabarhub

आज २०७९ साल वैशाख ३० गते शुक्रबारको राशिफल


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७९ साल वैशाख ३० गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

मेष : आयआर्जन निकै राम्रो छ। पुरानो मित्रबाट सहयोग प्राप्त हुनेछ। मन प्रसन्न हुनेछ। दाम्पत्य जीवन सन्तोषजनक रहनेछ।

वृष : बोल्दा ख्याल गर्नुहोला। प्रेममा धोका पाइनेछ। वैदेशिक रोजगारको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।

मिथुन : सोचे अनुसार काम नहुँदा मन खिन्न हुनेछ। भविष्यका लागि सोचिने कामबाट भने फाइदा लिन सकिनेछ।

कर्कट : दिन सामान्य राम्रो छ। प्रेममा सफलता मिल्नेछ। शत्रु बढ्नेछन्।

सिंह : पुराना रोगबाट छुटकारा मिल्नेछ। प्रसन्नता बढ्नेछ। स्वास्थ्यमा समस्या देखिन्छ।

कन्या : दिन सन्तोषजनक रहेको छ। ज्ञानको उदय हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। अचानक लाभ हुनेछ।

तुला : शिक्षामा गरेको श्रम लगानीबाट फाइदा हुनेछ। खर्च बढ्नेछ। स्वास्थ्यमा समस्या देखिनेछ। तर, शत्रु निस्तेज हुनेछन्।

वृश्चिक : पुराना घाउ बल्झने सम्भावना छ। धार्मिक क्षेत्रमा मन जानेछ। बोल्दा ख्याल गर्नुहोला।

धनु : सचेत भएर मात्र काम गर्नु उपयुक्त हुन्छ। झुठा आरोप लाग्नेछ।

मकर : मानसिक विचलन हुने देखिन्छ। शनिबार वरपिपलमा जल चढाउनुहोला।

कुम्भ : आफन्तबाटै आरोप खेप्नुपर्नेछ। सम्पत्ति आर्जन हुनेछ।

मीन: खर्च बढ्नेछ। भगवान शिवजीको स्मरण गरेर थालेको काममा सफलता मिल्नेछ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ५ : १५ बजे

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण