भारतले गर्‍यो आफ्नै नेभिगेसन प्रणाली सुदृढ पार्न नयाँ उपग्रह प्रक्षेपण « Khabarhub

भारतले गर्‍यो आफ्नै नेभिगेसन प्रणाली सुदृढ पार्न नयाँ उपग्रह प्रक्षेपण


१४ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतले आफ्नो स्वतन्त्र नेभिगेसन प्रणाली ‘नेभिगेसन विथ इन्डियन कन्स्टेलेसन’ (नाभिक) लाई थप सुदृढ बनाउने उद्देश्यले नयाँ पुस्ताको नेभिगेसन उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) का अनुसार ‘एनभीएस–०३’ नामक उपग्रहलाई जीएसएलभी–एफ१८ रकेटमार्फत शुक्रबार राति प्रक्षेपण गरिएको हो । आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट स्थानीय समयअनुसार राति ११ः५१ बजे उपग्रह प्रक्षेपण गरिएको थियो ।

इसरोले सामाजिक सञ्जाल एक्समार्फत जीएसएलभी–एफ१८ ले एनभीएस–०३ लाई सफलतापूर्वक निर्धारित कक्षमा स्थापित गरेको जानकारी दिएको छ ।

भारतका विज्ञान तथा प्रविधिमन्त्री जितेन्द्र सिंहले सफल प्रक्षेपणका लागि इसरोका वैज्ञानिकहरूलाई बधाई दिनुभएको छ । उहाँले यस सफलताले अन्तरिक्ष प्रविधिमा भारतको बढ्दो क्षमता र स्वदेशी नेभिगेसन प्रणालीलाई सुदृढ बनाउने प्रतिबद्धता झल्काएको बताउनुभएको छ ।

इसरोका अनुसार जीएसएलभी–एफ१८ भारतको भूस्थिर उपग्रह प्रक्षेपण यान (जीएसएलभी) को २०औँ उडान हो ।

नयाँ पुस्ताको नेभिगेसन उपग्रह शृङ्खलाअन्तर्गतको तेस्रो उपग्रह एनभीएस–०३ ले भारतीय क्षेत्रीय नेभिगेसन उपग्रह प्रणाली (आईआरएनएसएस) मार्फत प्रदान गरिने नेभिगेसन सेवाको निरन्तरता सुनिश्चित गर्ने अपेक्षा गरिएको छ । यसले भारतको आफ्नै नेभिगेसन प्रणालीको क्षमता विस्तारमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८३, शनिबार  ३ : १६ बजे

तस्बिरमा हेर्नुहोस् जलमग्न इमाडोल, ढल निकास नहुँदा घर-पसलहरू डुबानमा

काठमाडौँ– लगातारको वर्षाका कारण ललितपुरको महालक्ष्मी नगरपालिका–१ स्थित इमाडोल क्षेत्र

बुढानीलकण्ठमा देउवा पक्षको तेस्रो अधिवेशन (तस्बिरहरू)

काठमाडौँ – नेपाली कांग्रेसको देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत शनिबार

बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध, सवारीसाधन बीच बाटोमै रोकिए

काठमाडौँ– निरन्तरको वर्षाका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको

भम्केनी धाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण हुँदै

कञ्चनपुर– धार्मिक पर्यटनले पूर्व-पश्चिम जोड्ने उद्देश्यका साथ कञ्चनपुरको भीमदत्त नगरपालिका-८

भारतले गर्‍यो आफ्नै नेभिगेसन प्रणाली सुदृढ पार्न नयाँ उपग्रह प्रक्षेपण

काठमाडौँ– भारतले आफ्नो स्वतन्त्र नेभिगेसन प्रणाली ‘नेभिगेसन विथ इन्डियन कन्स्टेलेसन’