आईपीएल : मुम्बई इन्डियन्सको जित « Khabarhub

आईपीएल : मुम्बई इन्डियन्सको जित


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा मुम्बई इन्डियन्सले जित हात पारेको छ। बिहीबारराति भएको खेलमा चेन्नई सुपर किङ्सलाई ५ विकेटले हराउँदै मुम्बईले जित हात पारेको हो।

वान्खेडे स्टेडियममा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको चेन्नई १६ ओभरमा ९७ रन बनाएर अलआउट भयो। ९८ रनको लक्ष्य पछ्याएको मुम्बईले १४ दशमलव ५ बल खेल्दै ५ विकेटको क्षतिमा जित हासिल गरेको हो।

मुम्बईले जित हात पारे पनि प्ले अफमा पुग्ने सम्भावना छैन भने पराजित भएको चेन्नई प्ले अफबाट बाहिरिएको छ। जारी सिजनमा मुम्बई र चेन्नई अङ्क तालिकाको पुछारबाट क्रमशः पहिलो र दोस्रो स्थानमा छन्। लिग अन्तर्गत आज रोयल च्यालेन्जर्स बैङ्गलोर र पञ्जाब किङ्सबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ६ : २२ बजे

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक