सभामुख, प्रधानमन्त्रीलगायत शीर्ष नेताले कहाँबाट गर्दैछन् मतदान ? « Khabarhub

सभामुख, प्रधानमन्त्रीलगायत शीर्ष नेताले कहाँबाट गर्दैछन् मतदान ?


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – देशभर आज बिहान ७ बजेदेखि मतदान सुरु हुँदैछ । निर्वाचनमा सहभागी हुन सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रधानमन्त्रीसहित राजनीतिक दलका शीर्ष नेताहरु आफ्नो मतदाता नामावली भएको स्थानीय तह पुगेका छन् ।

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्नेछन् । त्यसका लागि उनी सिन्धुपाल्चोक पुगेका छन् ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिका–७ राम्जास्थित पशुपति माविमा रहेको मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा केही दिन यता गृह जिल्लामा छन् । प्रधानमन्त्री शेरबहादुर देउवा मतदानका लागि डडेलधुरा पुगेका छन् । प्रधानमन्त्री देउवाले डडेलधुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम माध्यमिक विद्यालयस्थित मतदान केन्द्र (ख) बाट मतदान गर्ने छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरबाट मतदान गर्ने छन् । ओलीले भक्तपुरको सूर्य विनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माविस्थित ‘क’ मतदान केन्द्रबाट मतदान गर्ने छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’केही दिन अघि नै चितवन पुगेका छन् । उनले भरतपुर महानगरपालिका–१४ शान्तिपुरस्थित नेपाल प्रहरी विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौर नगरपालिकाबाट मतदान गर्ने छन् । त्यसका लागि उनी गौर पुगिसकेका छन् । पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले इलामबाट मतदान गर्नेछन् । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिका–१ स्थित अन्नपूर्ण माविबाट मतदान गर्ने छन् ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–२ को सत्यवती मावि केन्द्रबाट मतदान गर्ने छन् ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले शुक्रबार हेटौंडा उपमहानगरपालिका ६ स्थित वंशगोपाल उच्च मावि मतदान केन्द्रमा मतदान गर्ने भएका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ६ : ४० बजे

अमेरिकी–इजरायल आक्रमणमा इरानका सर्वाेच्च नेता खामेनेईकी पत्नीको पनि मृत्यु

तेहरान-इरानको सरकारी मिडियाले दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनेईकी पत्नी

निर्वाचनका कर्मचारी चढेको गाडी दुर्घटना, मतदान अधिकृत र प्रहरीका असईको मृत्यु

काठमाडौँ- रामेछापममा निर्वाचनका कर्मचारी र सामग्री बोकेको गाडी दुर्घटना हुँदा

आजका समाचार : मध्यरातिदेखि मौन अवधि, मतदाता तान्ने दलहरूको अन्तिम प्रयास, चुनावले पहाडको होली खल्लो र मध्यपूर्वमा ज्यान गुमाउने ६ सय नाघे

मध्यपूर्वको तनावप्रति सरकार गम्भीर, प्रधानमन्त्रीले भनिन्स् आकस्मिक परिस्थितिका लागि कदम

बागलुङमा दुई हजार ३६८ अस्थायी मतदाता र दुई अस्थायी मतदान केन्द्र

ढोरपाटन– बागलुङमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई हजार ३६८

मतदानपछि मतपेटिका खोल्नु अघि राष्ट्रिय सम्वाद आवश्यक : कांग्रेस

काठमाडौँ – नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचन केवल सरकार परिवर्तन