काठमाडौं महानगर प्रमुख उम्मेदवार : कसले कुन ठाउँबाट मतदान गर्दैछन् ? « Khabarhub

काठमाडौं महानगर प्रमुख उम्मेदवार : कसले कुन ठाउँबाट मतदान गर्दैछन् ?


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शुक्रबार देशभर एकसाथ स्थानीय तहको निर्वाचनमा मतदान हुँदैछ। राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकाको मतदानलाई धेरैले महत्वका साथ हेरेका छन्।

काठमाडौं महानगर प्रमुख पदका उम्मेदवारले कहाँकहाँबाट मतदान गर्दैछन् भन्ने महत्वपूर्ण विषय बनेको छ। सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिएकी सिर्जना सिंहले वडा नम्बर १६ स्थित युवक माविबाट मतदान गर्दैछिन्।

एमालेका तर्फबाट प्रमुख पदको उम्मेदवारी दिएका केशव स्थापितले वडा नम्बर २८ स्थित पद्यकन्या क्याम्पस केन्द्रबाट मतदान गर्दैछन्।

विवेकशील साझाबाट प्रमुखको उम्मेदवारी दिएकी समीक्षा बाँस्कोटाले वडा नम्बर ३१ स्थित भ्याली भ्यू मतदान केन्द्रमा पुगेर मतदान गर्दैछिन्।

काठमाडौं महानगर प्रमुखमा उम्मेदवारी दिएर पछिल्ला दिनमा चर्चा पाएका र्यापर बालेन्द्र साह (बालेन) ले वडा नम्बर ९ मा रहेको तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण केन्द्रबाट मतदान गर्दैैछन्। स्वतन्त्र उम्मेदवारी दिएका सुमन सायमीले कालीमाटी केन्द्रबाट मतदान गर्नेछन्।

गठबन्धनकै तर्फबाट उपप्रमुखमा उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले वडा नम्बर १२ र एमालेको तर्फबाट उपप्रमुखको उम्मेदवारी दिएकी सुनिता डंगोलले वडा २१ बाट मतदान गर्दैछन्।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ६ : ५१ बजे

समाज परिवर्तनका लागि राजनीति गरिनुपर्छ : मन्त्री घिसिङ

चितवन– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले समाज परिवर्तन र

काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

म्याग्दी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली