काठमाडौं महानगर प्रमुख उम्मेदवार : कसले कुन ठाउँबाट मतदान गर्दैछन् ? « Khabarhub

काठमाडौं महानगर प्रमुख उम्मेदवार : कसले कुन ठाउँबाट मतदान गर्दैछन् ?


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शुक्रबार देशभर एकसाथ स्थानीय तहको निर्वाचनमा मतदान हुँदैछ। राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकाको मतदानलाई धेरैले महत्वका साथ हेरेका छन्।

काठमाडौं महानगर प्रमुख पदका उम्मेदवारले कहाँकहाँबाट मतदान गर्दैछन् भन्ने महत्वपूर्ण विषय बनेको छ। सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिएकी सिर्जना सिंहले वडा नम्बर १६ स्थित युवक माविबाट मतदान गर्दैछिन्।

एमालेका तर्फबाट प्रमुख पदको उम्मेदवारी दिएका केशव स्थापितले वडा नम्बर २८ स्थित पद्यकन्या क्याम्पस केन्द्रबाट मतदान गर्दैछन्।

विवेकशील साझाबाट प्रमुखको उम्मेदवारी दिएकी समीक्षा बाँस्कोटाले वडा नम्बर ३१ स्थित भ्याली भ्यू मतदान केन्द्रमा पुगेर मतदान गर्दैछिन्।

काठमाडौं महानगर प्रमुखमा उम्मेदवारी दिएर पछिल्ला दिनमा चर्चा पाएका र्यापर बालेन्द्र साह (बालेन) ले वडा नम्बर ९ मा रहेको तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण केन्द्रबाट मतदान गर्दैैछन्। स्वतन्त्र उम्मेदवारी दिएका सुमन सायमीले कालीमाटी केन्द्रबाट मतदान गर्नेछन्।

गठबन्धनकै तर्फबाट उपप्रमुखमा उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले वडा नम्बर १२ र एमालेको तर्फबाट उपप्रमुखको उम्मेदवारी दिएकी सुनिता डंगोलले वडा २१ बाट मतदान गर्दैछन्।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ६ : ५१ बजे

कांग्रेसको १५औँ महाधिवेशनको सबै तयारी पूरा

काठमाडौं- नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले

तस्बिरमा प्रतिनिधिसभाका ६ महिना : शपथ र घम्साघम्सीदेखि बालेन–हर्कको अंकमालसम्म

काठमाडौं – प्रतिनिधिसभाका सांसदले शपथ लिएको ६ महिना पूरा भएको छ ।

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ