स्थानीय तह निर्वाचन : देशभर एकसाथ मतदान सुरु (लाइभ) « Khabarhub

स्थानीय तह निर्वाचन : देशभर एकसाथ मतदान सुरु (लाइभ)


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थानीय तहको निर्वाचन–२०७९ को मतदान देशैभर सुरु भएको छ। बिहान ७ बजेदेखि मतदान सुरु भएको हो।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार देशका ७ सय ५२ स्थानीय तहमा एकै चरणमा निर्वाचन सुरु भएको हो ।

मुलुक संघीय संरचनामा प्रवेश गरेपछि पहिलोपटक २०७४ सालमा स्थानीय तहको निर्वाचन भएको थियो। यो दोस्रो स्थानीय निर्वाचन हो ।

निर्वाचनलाई लिएर सुरक्षा निकायको पनि सडकदेखि मतदान हुने स्थालसम्मै सक्रियता देखिन्छ। चुनावलाई व्यवस्थित बनाउन निर्वाचन हुने स्थानामा दुई दिन अघिदेखि नै तयारी सुरु भएको थियो। मतदान स्थललाई व्यवस्थित बनाउन सबै सुरक्षा निकायका साथै म्यादी प्रहरीहरु परिचालन भएका छन्।

७५३ स्थानीय तहमध्ये कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको एक वडामा भने उम्मेदवारको मृत्यु भएका कारण मतदान हुन नसकेको थपलियाको भनाइ छ । ती दुबै ठाउँमा आगामी जेठ ३ गते मतदानको समय तोकिएको छ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ७ : २५ बजे

प्रतिनिधिसभाको ६ महिना : शपथदेखि घम्साघम्सी र बालेन–हर्कको अंकमालसम्म

काठमाडौं – प्रतिनिधिसभाका सांसदले शपथ लिएको ६ महिना पूरा भएको छ ।

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको