एमाले नेता भट्टराईले तप्लेजुङ पुगेर गरे मतदान « Khabarhub

एमाले नेता भट्टराईले तप्लेजुङ पुगेर गरे मतदान


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ- नेकपा (एमाले)का सचिव योगेश भट्टराईले ताप्लेजुङ पुगेर मतदान गरेका छन्। ताप्लेजुङको मौवाखोला गाउँपालिका वडा नम्बर ३ मा रहेको नारायणी मावि साँघुको मतदान केन्द्रमा पुगेर भट्टराईले मतदान गरेका हुन्।

उनले सूर्योदयसँगै पहिलो मतदान ताप्लेजुङमा गरेको सामाजिक सञ्जालबाट जानकारी दिएका छन्। उनले निर्वाचन लोकतन्त्रको मुटु भएकोसमेत उल्लेख गरेका छन्।

‘आज २०७९ बैशाख ३० गते स्थानीय तहको निर्वाचनका लागि मेरो जन्म गाउँ ताप्लेजुङ् जिल्ला मैवाखोला गाउँपालिका वडा नं ३ मा रहेको नारायणी माबि साँघुको मतदान केन्द्रमा मतदान गरियो’, भट्टराईले फेसबुकमा लेखेका छन्, ‘निर्वाचन लोकतन्त्रको मूटु हो। नागरिकको सार्बभौम अधिकारको अभ्यास गर्ने संबैधानिक अधिकार हो। गौरवको क्षण।’

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ७ : ५९ बजे

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गृहमन्त्री गुरूङ भन्छन् : ओली-लेखकलाई पक्रियौँ, अब देशले नयाँ दिशा लिन्छ

काठमाडौं– गृहमन्त्री सुधन गुरूङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान

पूर्वप्रधानमन्त्री ओली पक्राउ

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । प्रहरीले

यस्तो छ केपी शर्मा ओलीविरुद्धको पक्राउ जरुरी पुर्जी

भक्तपुर- पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको

पूर्वप्रधानमनत्री ओलीको निवास भक्तपुरमा ठूलो संख्यामा प्रहरी परिचालन, पक्राउ गर्ने तयारी

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुर गुण्डुस्थित निवासमा ठूलो संख्यामा