स्थानीय निर्वाचन : यसरी भइरहेको छ देशभर मतदान (लाइभ) « Khabarhub

स्थानीय निर्वाचन : यसरी भइरहेको छ देशभर मतदान (लाइभ)


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभर स्थानीय तहको निर्वाचनको मतदान जारी भएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार बिहान ७ बजेदेखि देशभरका ७५३ स्थानीय तहमध्ये ७ सय ५२ स्थानीय तहमा एकसाथ मतदान सुरु भएको हो । मतदान बेलुकी ५ बजेसम्म जारी रहनेछ।

मतदानको दिन सुरुमै केही शीर्ष नेताहरुले मतदान गरिसकेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन पुगेर मतदान गरेका छन् भने सभामुख अग्निप्रासद सापकोटाले सिन्धुपाल्चोक पुगेर मतदान गरेका छन् । गृहमन्त्री बालकृष्ण खाणले रुपन्देही पुगेर मतदान गरिसकेका छन् ।

मुलुक संघीय संरचनामा प्रवेश गरेपछि पहिलोपटक २०७४ सालमा स्थानीय तहको निर्वाचन भएको थियो। यो दोस्रो स्थानीय निर्वाचन हो । केही दिनअघि उम्मेदवारको मृत्यु भएपछि एउटा स्थानीय तहमा भने मतदान हुन सकेन ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ८ : १८ बजे

बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन

भक्तपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि

प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

काठमाडौं– प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ

राष्ट्रपति सी चिनफिङ नयाँदिल्लीमा

नयाँदिल्ली – चिनियाँ राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी

बढ्दो जलवायु जोखिमप्रति नेपाल–चीन सहकार्य आवश्यक : झलनाथ खनाल

काठमाडौं–  पूर्वप्रधानमन्त्री झलनाथ खनालले विश्वव्यापी तापमान वृद्धिसँगै हिमालय क्षेत्र गम्भीर

कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमितको संख्या ७ हजार नाघेको