ललितपुर महानगरका प्रमुख उम्मेदवार महर्जन र ब्यञ्जनकारले गरे मतदान « Khabarhub

ललितपुर महानगरका प्रमुख उम्मेदवार महर्जन र ब्यञ्जनकारले गरे मतदान


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुर महानगरपालिकाका प्रमुख पदका उम्मेदवारद्वय चिरीबाबु महर्जन र हरिकृष्ण ब्यञ्जनकारले मतदान गरेका छन्।

सत्ता गठबन्धका उम्मेदवार महर्जनले वडा नम्बर ३ स्थित मोडल आइडल विद्यालयबाट र नेकपा (एमाले) का उम्मेदवार ब्यञ्जनकारले वडा नम्बर ९ स्थित श्रमिक शान्ति विद्यालयबाट मतदान गरेका हुन् ।

जिल्लाका छवटै स्थानीय तहमा शान्तिपूर्णरुपमा मतदान सुरु भएको छ । ललितपुरका १३१ मतदानस्थलमा रहेका २८८ मतदान केन्द्रमा मतदान जारी रहेको मुख्य निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटीले जानकारी दिए ।

निर्वाचनमा एक हजार ४३३ कर्मचारी खटिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लामा ३० हजार ८११ नयाँ मतदाता थपिएका छन्। योसँगै जिल्लामा कूल दुई लाख ४३ हजार ८८४ मतदाता पुगेका छन् । ललितपुरमा ५० मतदानस्थल संवेदनशीलको सूचीमा छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ९ : १४ बजे

रवि र बालेनले उज्यालोलाई अलग्याए : डा. महेन्द्र लावती

काठमाडौं- डा. महेन्द्र लावती उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य हुन्

कांग्रेसको विशेष महाधिवेशनस्थलमा यस्तो छ सुरक्षा सतर्कता (तस्बिरहरू)

काठमाडौं- प्रतिनिधिहरूले तीन दिनदेखि जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ

पुरानै विधानअनुसार कांग्रेसको नयाँ केन्द्रीय समिति चयन हुने

काठमाडौं- नेपाली कांग्रेसको जारी दोस्रो विधान महाधिवेशन नयाँ केन्द्रीय कार्यसमिति

कांग्रेस विशेष महाधिवेशन : सभापति पदको उम्मेदवारी शुल्क ३० हजार

काठमाडौं- नेपाली कांग्रेसको जारी दोस्रो विशेष महाधिवेशन अब नयाँ नेतृत्व

कालिका पावर कम्पनीको आम्दानी बढ्यो

चितवन– कालिका पावर कम्पनीको आर्थिक वर्ष २०८१-८२ मा सेयर आम्दानी