इमानदार, सक्षम र परिपक्व नेतृत्व चयन गर्न रवीन्द्र मिश्रको आग्रह « Khabarhub

इमानदार, सक्षम र परिपक्व नेतृत्व चयन गर्न रवीन्द्र मिश्रको आग्रह


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले इमानदार, सक्षम र परिपक्व नेतृत्व चयन गर्न आग्रह गरेका छन् । नभए पाँच वर्ष आफैँले चयन गरेको नेतृत्त्वलाई गाली गर्दैमा बित्ने उनले बताए ।

एक मत स‌ंसारको सबैभन्दा शक्तिशाली बन्दुकभन्दा पनि शक्तिशाली हुने उनले सुनाए । भ्रष्टाचार र देशलाई घात गर्ने नेता मतदाताले गर्ने मतदानकै परिणाम भएको बताए ।

उनले भनेका छन्, ‘पुरानो सिक्रीमा बाँधिएर या क्षणिक हुरीमा बहकिएर मतदान गर्दा-गर्दा यो देश यस्तो भइसक्यो जहाँ, बिदेसिने मौका पाएको खण्डमा अपवादबाहेक कोही बस्नै चाहँदैन। झुट बोल्ने, भ्रष्टाचार गर्ने, परिचय नै लुकाउने, नातावाद-कृपावादमा लिप्त हुने, देशलाई घात गर्ने, सबै नेता हाम्रै मतदानका परिणाम हुन्। अब सोची विचारी, ‘शब्द र कर्म दुवैमा इमानदार, सक्षम, परिपक्व’ नेतृत्व चयन गरौँ ।’

मिश्र नेतृत्वको पार्टीले यसअघि २०७४ सालको  निर्वाचनमा पनि सहभागिता जनाएको थियो ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ११ : २० बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण