बंगलादेशद्वारा सबै सरकारी अधिकारीको भ्रमणमा रोक « Khabarhub

बंगलादेशद्वारा सबै सरकारी अधिकारीको भ्रमणमा रोक


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बंगलादेश सरकारले त्यहाँका सबै सरकारी अधिकारीहरूका विदेश भ्रमणमा रोक लगाएको छ । 

कोभिडपछि अर्थतन्त्र निकै कठिन अवस्थामा पुगेको भन्दै विकास बजेट या अन्य कुनै बजेटबाट विदेश भ्रमण गर्न रोक लगाइएको हो । बंगलादेश सरकारले कोभिडपछि अर्थतन्त्रको सुधारका लागि विभिन्न कार्यक्रमहरू ल्याएको जनाएको छ । ती कार्यक्रमहरूमा सहयोग गर्न सबै सरकारी अधिकारीहरूलाई अर्थ मन्त्रालयले आग्रह पनि गरेको जनाइएको छ । अर्थ मन्त्रालयले बिहीबार एक सूचना प्रकाशन गरेर सबै प्रकारका सरकारी भ्रमणहरू हाललाई रोकिएको जनाएको हो ।

बंगलादेशको केन्द्रीय बैंकले विलासिताका र अत्यावश्यक बाहेकका वस्तुहरू आयातमा पनि रोक लगाएको छ । केन्द्रीय बैंकले आर्थिक सुधार र मितव्ययिता सम्बन्धी कार्यक्रमहरू ल्याएको हो । सो कार्यक्रममा सरकारी अधिकारीहरूले गर्ने विदेश भ्रमणका साथै विलासिताका सामानहरूको आयातमा रोक लगाइएको छ ।

बंगलादेशको सरकारले वैदेशिक मुद्राको सञ्चिती घट्दै गएको भन्दै खाद्यान्न सहितका अत्यावश्यक बाहेकका अरु सामानहरूको आयातमा रोक लगाइएको बताइएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  १२ : ०५ बजे

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली