ढुक्क भएर मतदान गर्नुहोस् : गृहमन्त्री खाण « Khabarhub

ढुक्क भएर मतदान गर्नुहोस् : गृहमन्त्री खाण


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– गृहमन्त्री बालकृष्ण खाणले आज जारी स्थानीय तहको निर्वाचनमा ढुक्क भएर मतदान गर्न आम मतदातालाई आग्रह गरेका छन् । 

स्थानीय तहको निर्वाचनअन्तर्गत आज बिहान रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ८ स्थित मतदान केन्द्रमा मतदान गरेपछि पत्रकारहरुलाई छोटो प्रतिक्रिया दिँदै गृहमन्त्री खाणले देशभर शान्तिपूर्ण रुपमा मतदान भइरहेको र मतदान शान्तिपूर्ण रूपमै सम्पन्न हुने बताए ।

गृहमन्त्री खाणले नेपाल सरकारले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्था मिलाएको उल्लेख गरे । 

रूपन्देही जिल्लामा १६ पालिकाअन्तर्गत २०८ मतदानस्थलमा ७ सय मतदान केन्द्रमा बिहान तोकिएकै समयमा मतदान सुरु भएको थियो । 

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ३ : २३ बजे

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको