धनकौलको मतदान केन्द्रमा सेना परिचालन गरेर मतदान  « Khabarhub

धनकौलको मतदान केन्द्रमा सेना परिचालन गरेर मतदान 


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- जिल्लाको दक्षिणी क्षेत्रस्थित धनकौल गाउँपालिकाको एक मतदान केन्द्रमा नेपाली सेना परिचालन गरेर मतदान सुरु भएकाे छ । धन्कौल गाउँपालिका–२ स्थित पशुसेवा कार्यालय मतदान केन्द्रमा ६ घण्टापछि नेपाली सेना परिचालन गरेर मतदान सुरु गरिएको हो ।

धनकौलमा बिहान मतदान सुरु भएसँगै कांग्रेस, एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच त्रिपक्षीय झडप सुरू भएको थियो । विवाद बढ्दै गएपछि सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा मतदान केन्द्रबाट मतपेटिका र मतपत्रसहित कर्मचारीहरूलाई निर्वाचन अधिकृतको कार्यलय पुर्‍याइएको थियो ।

लगत्तै केन्द्रको निर्देशनका मतदान स्थलको पहिलो घेरामा नेपाली सेना परिचालन गरेर मतदान सुरु गरेको धन्कौलका निर्वाचन अधिकृत शिवदत्त बरालले जानकारी दिए । त्रिपक्षिय कार्यकर्ता ढुंगामुढासहित झडपमा उत्रिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड हवाई फाइर गर्नुका साथै दर्जनौँ सेल अश्रुलग्यास प्रहार गरेको थियो । झडपमा केही कार्यकर्ता समेत घाइते भएकाे पार्टीहरूकाे दाबी छ ।

बिहान मतदान सुरू भएदेखिनै झडप सुरु भएपछि मतदान ६ घण्टा स्थगित गरेकाे निर्वाचन अधिकृत बरालले जानकारी दिए । झडप सुरू भएपछि ठुलो संख्यामा सुरक्षाकर्मी खटाए पनि स्थिति नियन्त्रणमा आउन सकेन । ठूलो सङ्ख्यामा उपस्थित भएका पार्टीका नेताकार्यकर्ता आपसमा ढुंगामुढामा उत्रिएपछि केही बेर मतदानस्थल रणभूमिमा परिणत भएको थियो । निर्वाचन अधिकृत बरालका अनुसार पालिकाको अन्य मतदान केन्द्रमा समेत पटक पटक झडप भएकाे छ ।

‘अरु मतदान केन्द्रमा पनि झडपको स्थिति सृजना भइरहेको छ ।’ उनले भने, ‘त्यहाँका प्रनितिधिहरूलाई राखेर सहमति गराउँदै, मतदान सुचारू गराइरहेका छौँ ।’ झडपमा उत्रिएका नेता कार्यकर्ताहरूले मतदानस्थलमा ढुंगामुढा, सिसा लगायतका सामान प्रहार गरेका थिए भने केन्द्र निर्माणमा प्रयोग गरेकाे बाँस र काठको भाटा लगायत सामग्रीमा आगजनी गरेकाे प्रहरीकाे भनाइ छ ।

आफन्तको मत खसाल्ने, अशक्तको मत हाल्ने लगायत विषयमा सुरु भएको विवाद झडपको स्थितिमा पुगेको स्थानीयको भनाइ छ । झडप उग्र बन्दै गएपछि उनीहरू सुरक्षाकर्मी र मतदानमा खटिएका कर्मचारीहरूमाथि खनिएका थिए । यसैबीचै कौडेना गाउँपालिका–६ स्थित जनता आधारभुत विद्यालयमा रहेको मतदान केन्द्रमा समेत झडपपछि मतदान केहीबेर स्थगित भएको थियो ।

पछि थप सुरक्षाको लागि पुगेको नेपाली सेनाको टोलीले स्थिति नियन्त्रणमा लिएर मतदान सुचारु गराएको हो । विभिन्न पार्टीका नेता तथा कार्यकर्ता झडपमा उत्रिएपछि मतदान केहीबेर रोकिएको निर्वाचन अधिकृत विश्वनाथ अर्यालले जानकारी दिए । अहिले उक्त स्थानमा पनि शान्तिपूर्ण ढंगले मतदान भइरहेको छ ।

यस्तै, जिल्ला निर्वाचन कार्यालय सर्लाहीका अधिकृत दिवाकर भुजेलका अनुसार अहिलेसम्म जिल्लामा ५५ देखि ६० प्रतिशत मत खसिसकेकाे छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ४ : १९ बजे

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको