युएईका राष्ट्रपतिको निधन, ४० दिने राष्ट्रिय शोकको घोषणा « Khabarhub

युएईका राष्ट्रपतिको निधन, ४० दिने राष्ट्रिय शोकको घोषणा


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त अरब इमिरेट्स युएईका राष्ट्रपति शेख खलिफा बिन जइद अल नहयानको निधन भएको छ । राष्ट्रपतीय मामिला मन्त्रालयले विज्ञप्ति जारी गर्दै शेख खलिफाको निधन भएको जनाएको हो ।

‘राष्ट्रपतीय मामिला मन्त्रालय राष्ट्रका राष्ट्रपति महामहिम शेख खलिफा बिन जइद अल नहयानको निधनप्रति शोक व्यक्त गर्दछ ।’ विज्ञप्तिलाई उद्धृत गर्दै युएईबाट प्रकाशित हुने गल्फ न्युजले जनाएको छ ।

मन्त्रालयले मुलुकमा राष्ट्रिय शोकको घोषणा गरेको छ । साथै ४० दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरिएको जनाइएको छ । यसबाहेक तीन दिनसम्म सार्वजनिक विदा दिइएको छ ।

अबु धाबी इमिरेटका अमिर समेत रहेका उनी युएईको इतिहासकै दोश्रो राष्ट्रपति थिए । सन् २००४ मा आफ्ना पिता शेख जइद बिन सुल्तान अल नहयानको निधन भएपछि शेख खलिफा युएईको राष्ट्रपति बनेका थिए ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ५ : ४३ बजे

भोट फिर्ताबारे गृहमन्त्रीको जवाफ : आफ्नो क्षेत्रका मतदातासँग ‘जोक’ गरेको थिएँ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले हालै गृहजिल्ला गोरखामा ‘भोट फिर्ता लैजानुस्’ भनेर

खाडी मुलुकलाई इरानको चेतावनी 

तेहरान- इरानले अमेरिकी सेनालाई सहयोग गर्ने वा आफ्नो भूभाग सैन्य गतिविधिका

तीन वर्षीया नाबालिकाको बलात्कारपछि हत्या, १६ वर्षीय किशोरले चकलेट दिएर फकाउँदै लगेका थिए

सिमरा- बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया नाबालिकाको जबरजस्ती करणीपछि

कन्सर्टका लागि भारतीय गायक नवजोत काठमाडौंमा

काठमाडौं – चर्चित भारतीय गायक नवजोत आहुजा कन्सर्टका लागि काठमाडौं

रास्वपा बैठकमा उठ्यो प्रश्न- ग्यासको आपूर्ति बढाउँदा पनि किन अभाव देखियो ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीं(रास्वपा)का सांसदहरुले वैशाख महिनामा बजारमा करिब २२ लाख