युएईका राष्ट्रपतिको निधन, ४० दिने राष्ट्रिय शोकको घोषणा « Khabarhub

युएईका राष्ट्रपतिको निधन, ४० दिने राष्ट्रिय शोकको घोषणा


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त अरब इमिरेट्स युएईका राष्ट्रपति शेख खलिफा बिन जइद अल नहयानको निधन भएको छ । राष्ट्रपतीय मामिला मन्त्रालयले विज्ञप्ति जारी गर्दै शेख खलिफाको निधन भएको जनाएको हो ।

‘राष्ट्रपतीय मामिला मन्त्रालय राष्ट्रका राष्ट्रपति महामहिम शेख खलिफा बिन जइद अल नहयानको निधनप्रति शोक व्यक्त गर्दछ ।’ विज्ञप्तिलाई उद्धृत गर्दै युएईबाट प्रकाशित हुने गल्फ न्युजले जनाएको छ ।

मन्त्रालयले मुलुकमा राष्ट्रिय शोकको घोषणा गरेको छ । साथै ४० दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरिएको जनाइएको छ । यसबाहेक तीन दिनसम्म सार्वजनिक विदा दिइएको छ ।

अबु धाबी इमिरेटका अमिर समेत रहेका उनी युएईको इतिहासकै दोश्रो राष्ट्रपति थिए । सन् २००४ मा आफ्ना पिता शेख जइद बिन सुल्तान अल नहयानको निधन भएपछि शेख खलिफा युएईको राष्ट्रपति बनेका थिए ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ५ : ४३ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति