दक्षिणपूर्वी एसियामा चिनियाँ आपराधिक गिरोहको सक्रियता बढ्दै « Khabarhub

दक्षिणपूर्वी एसियामा चिनियाँ आपराधिक गिरोहको सक्रियता बढ्दै


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिणपूर्वी एसियामा सक्रिय चिनियाँ आपराधिक गिरोह कानून कार्यान्वयन निकायहरुका लागि चुनौतिको रुपमा देखा पर्दै गएको छ ।

म्यान्मारबाट प्रकाशित हुने द इरावादी अखबारका अनुसार कम्बोडिया र थाइल्याण्डको सीमा क्षेत्रमा चिनियाँ आपराधिक गिरोह सक्रिय छन् । उनीहरु सुरक्षा निकायका लागि प्रमुख चुनौति बन्न थालेको उक्त अखबारले उल्लेख गरेको छ ।

कोरोना भाइरसको महामारीका बेलादेखि सो क्षेत्रमा चिनियाँ आपराधिक गिरोहको सक्रियता बढेको बताइएको छ । गिरोहले बेरोजगारीका कारण आर्थिक रुपमा जोखिममा रहेका युवाहरुलाई आपराधिक घटनाका लागि प्रयोग गर्दै आएको समेत द इरावादीले जनाएको छ ।

पछिल्लो समय दक्षिण पूर्वी एसियामा चीनले लगानीलाई बढाएपछि सो क्षेत्रमा चिनियाँ आपराधिक गिरोह पनि सक्रिय बन्न थालेको बताइएको छ ।

गत अप्रिल १० र ११ मा थाइ तथा कम्बोडियन प्रहरीले सुरक्षा कारवाही गरी कम्बोडियाबाट चिनियाँ गिरोहको नियन्त्रणमा रहेका ६८ जना थाइ कामदारलाई उद्धार गरेका थिए ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ८ : ०४ बजे

हर्कको अनौठो प्रस्ताव : संसद्‍मा अब टेबल ठोक्ने होइन, सबैले ताली बजाऔँ

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज

नागरिक एपमा सेवा थपिँदै : लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र पनि लिन सकिने

काठमाडौं– सरकारले डिजिटल सुशासनलाई थप सुदृढ गर्ने लक्ष्यसहित नागरिकसँग प्रत्यक्ष

दुई दिने बिदाबारे सर्वोच्चको निर्देशन : २४ घण्टा भन्दा बढी अदालत बन्द हुने अवस्था आउन नदिनू

काठमाडौं- सर्वोच्च अदालतले कुनै पनि आरोप र अभियोगमा पक्राउ परेका

आर्थिक वृद्धि दुई दशमलव सात प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण

काठमाडौं– एसियाली विकास बैंक (एडिबी)ले सन् २०२६ मा नेपालको आर्थिक

एमाले तटस्थ बस्दा श्रमसंस्कृतिकी रुबीको पक्षमा उभियो कांग्रेस

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रम