देशभरका गरी ४४ वटा मतदान केन्द्रको मतदान स्थगित | Khabarhub Khabarhub

देशभरका गरी ४४ वटा मतदान केन्द्रको मतदान स्थगित


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  देशभरका गरी ४४ वटा मतदान केन्द्रको मतदान स्थगित गरिएको छ ।

निर्वाचन आयोगले १४ जिल्लाका ४४ वटा मतदान केन्द्रमा दलहरूको आपसी विवाद र झडपका कारण मतदान स्थगित भएको जनाएको हो ।

निर्वाचन आयोगले शुक्रवार साँझ पत्रकार सम्मेलन गरी कतिपय मतदान केन्द्रमा मौसमको खराबीका कारण पनि स्थगित भएको जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको पनि बताए ।

थपलियाले करिव ५४ प्रतिशत मतदान भएको र अपेक्षित मत नखसेको जनाए ।

आयोगका अनुसार जुम्ला, सप्तरी, काभ्रे, रौतहट, रामेछाप, बारा, बाजुरा, पर्वतलगायत जिल्लाका केही मतदानस्थलमा विवाद भएका कारण मतदान कार्य अवरुद्ध भएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ८ : २१ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र