निर्वाचन आयोगको प्रारम्भिक आंकडा : ६४ प्रतिशत मतदान « Khabarhub

निर्वाचन आयोगको प्रारम्भिक आंकडा : ६४ प्रतिशत मतदान


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले प्रारम्भिक आंकडाअनुसार स्थानीय तहको चुनावमा ६४ प्रतिशत मतदान भएको जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले शुक्रबार बिहान ७ बजेदेखि बेलुकासम्म ६४ प्रतिशत मतदान भएको जानकारी दिएका हुन् । तर, केही स्थानमा ढिलोसम्म पनि मतदान जारी रहेकाले यकिन तथ्यांक आउन बाँकी रहेको पनि स्पष्ट पारे ।

प्रमुख आयुक्त थपलियाले काठमाडौँमा ५२ प्रतिशत मतदान भएको पनि जनाकारी दिएका छन् । यद्यपि यो पनि प्रारम्भिक आंकडा मात्र रहेको उनले बताए ।

आयोगले काठमाडौँमा ६५ देखि ७० प्रतिशतसम्म मतदान हुने अपेक्षा गरेको थियो ।

मतदानका क्रममा विभिन्न स्थानमा झडप भएको विषयमा उनले एकैपटक निर्वाचन गरिएकाले समस्या भएको बताए ।

https://www.facebook.com/watch/?v=3172713992974525

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ८ : ४१ बजे

कांग्रेस विशेष महाधिवेशन : भोलि २ बजेलाई तोकियो निर्वाचन, आकांक्षी धेरै हुँदा जुटेन सहमति

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन

कांग्रेस फुटेपछि कृष्ण सिटौलाले भने : गहिरो चोट लागेको छ

काठमाडौं – नेपाली कांग्रेस विभाजन भएपछि नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसलाई

नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच पार्टी समायोजन सम्पन्न

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारीसाधन

कांग्रेसको विशेष महाधिवेशन : सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गर्ने तयारी

काठमाडौं – भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ