राति १० बजेसम्मको अपडेट : ७७ मतदान केन्द्रको मतदान स्थगित, ६४ प्रतिशत मतदान « Khabarhub

राति १० बजेसम्मको अपडेट : ७७ मतदान केन्द्रको मतदान स्थगित, ६४ प्रतिशत मतदान


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  देशभरका गरी ७७ वटा मतदान केन्द्रको मतदान स्थगित गरिएको छ ।

निर्वाचन आयोगले १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका गरी कुल ७७ वटा मतदान केन्द्रमा दलहरूको आपसी विवाद र झडपका कारण मतदान स्थगित भएको जनाएको हो ।

निर्वाचन आयोगले राति १० बजे अपडेट गरेको यो आ‌ंकडा हो ।

कतिपय मतदान केन्द्रमा मौसमको खराबीका कारण पनि स्थगित भएको जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको पनि बताए ।

त्यस्तै, आयोगले करिव ६४ प्रतिशत मतदान भएको पनि जनाएको छ । यद्यपि, यो प्रारम्भिक आंकडा मात्र भएको आयोगले स्पष्ट पारेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  १० : ५७ बजे

प्रधामन्त्रीसँग सांसदले उठाए गाँजा खुलाउनेदेखि बाँदर नियन्त्रणसम्मका कुरा

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा निर्वाचित सबै दलका सांसदहरूसँग

कृषि सामग्री कार्यालय जनकपुरधाम : ४३ करोडको रासायनिक मल बिक्री

जनकपुरधाम– नेपाल सरकारको स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड शाखा

अमेरिकी नाकाबन्दी जारी रहँदा रुसी ट्याङ्करलाई क्युबा प्रवेश गर्न अनुमति

हवाना- अमेरिकाले महिनौँदेखि जारी तेल नाकाबन्दीपछि रुसी स्वामित्वको एक कच्चा

अपर तमोर हाइड्रो कम्पनीमा कार्यरत युवक मृत भेटिए

ताप्लेजुङ – ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ स्थित अपर तमोर हाइड्रो कम्पनीमा

प्रधानमन्त्रीलाई एमाले सांसदले भने : काम गर्न सबैसँग मिल्नुपर्छ, हाम्रो अध्यक्षलाई रिहा गर्नुस्

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा निर्वाचित सबै दलका सांसदहरूसँग