तनहुँ रिस्तीमा पुन: मतदानको माग « Khabarhub

तनहुँ रिस्तीमा पुन: मतदानको माग


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको व्यास नगरपालिका–८ रिस्तीको मतदान केन्द्रमा पुन मतदानको माग गरिएको छ ।

साविकको रिस्ती गाविसको भवन फेदीको मतदान केन्द्र ‘क’ र ‘ख’ मा पुन मतदान नभए मतगणनामा सहभागी नहुने चेतावनि दिईएको छ ।

नेपाली कांग्रेसको साधारण सदस्य समेत नरहने गरेर कारबाहीमा परेका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी र नेकपा एमालेले तालमेल गरेर व्यास नगरपालिकामा स्थानीय तहको निर्वाचन लडेका छन् । नेकपा एमालेको जिल्ला सचिव राजेश्वर ढकाल र जोशी समुहका हरिशरण पण्डितले संयुक्त विज्ञप्ति निकाल्दै पुन : मतदान हुने स्थिति नहुँदासम्म अन्य मतदान केन्द्रको मतपेटिकाको मतगणनामा समेत सहभागी नहुने चेतावनी दिएका छन् ।

मतदान निरीक्षणको क्रममा रिस्ती पुगेका मेयरका स्वतन्त्र उम्मेद्वार गोविन्दराज जोशीपुत्र दिपकराजलाई कांग्रेस कार्यकर्ताले आक्रमण गरेर घाइते बनाएका छन् । उनको टाउको चोट लागेको छ । जिल्ला अस्पताल दमौलीमा सामान्य उपचारपश्चत पोखरास्थित फिस्टेल अस्पतालमा लगेर थप उपचार भइरहेको छ ।

नेपाली कांग्रेसका मेयरका उम्मेद्वार बैकुण्ठ न्यौपानेको निर्देशनमा अराजक गुण्डाहरुले जोशीको ज्यान लिने गरेर धारिलो हतियारले प्रहार गरेको एमाले र जोशी समूहको आरोप छ ।

मेयरका उम्मेद्वार जोशीले आवेगमा आएर मतपत्र च्यातेपछि कांग्रेस कार्यकर्ताले आक्रमण गरेको मतदान अधिकृत दामोदर कार्कीले बताए ।

जोशीले आफ्नो एजेन्ट नभइकन किन मतदान सुरु गरेको भन्दै विवाद निकालेको कार्कीले जानकारी दिए । जोशीलाई आक्रमण भएपछि मतदानस्थलमा करिब एक घण्टा १५ मिनेट तनावपुर्ण स्थिती सिर्जना भएको थियो ।

दिउँसो ३ बजेको समयमा घटना भएको उनले जानकारी दिए । स्थिती सामान्य भएपछि फेरी मतदान सुरु गरेर साढे ६ बजे मतदान सम्पन्न गरेको कार्कीले जानकारी दिए । साँझ ५ बजेसम्म मतदानस्थल प्रवेश गरेकालाई मतदान गर्न दिएको उनले जानकारी दिए ।

उनका अनुसार रिस्ती गाविस भवन फेदीको मतदानस्थलको ‘क’ र ‘ख’ मा गरेर एक हजार ५६६ मतदाता रहेकोमा ९२२ मत खसेको छ ।

 

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ११ : २९ बजे

प्रधामन्त्रीसँग सांसदले उठाए गाँजा खुलाउनेदेखि बाँदर नियन्त्रणसम्मका कुरा

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा निर्वाचित सबै दलका सांसदहरूसँग

कृषि सामग्री कार्यालय जनकपुरधाम : ४३ करोडको रासायनिक मल बिक्री

जनकपुरधाम– नेपाल सरकारको स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड शाखा

अमेरिकी नाकाबन्दी जारी रहँदा रुसी ट्याङ्करलाई क्युबा प्रवेश गर्न अनुमति

हवाना- अमेरिकाले महिनौँदेखि जारी तेल नाकाबन्दीपछि रुसी स्वामित्वको एक कच्चा

अपर तमोर हाइड्रो कम्पनीमा कार्यरत युवक मृत भेटिए

ताप्लेजुङ – ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ स्थित अपर तमोर हाइड्रो कम्पनीमा

प्रधानमन्त्रीलाई एमाले सांसदले भने : काम गर्न सबैसँग मिल्नुपर्छ, हाम्रो अध्यक्षलाई रिहा गर्नुस्

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा निर्वाचित सबै दलका सांसदहरूसँग