तनहुँ रिस्तीमा पुन: मतदानको माग « Khabarhub

तनहुँ रिस्तीमा पुन: मतदानको माग


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको व्यास नगरपालिका–८ रिस्तीको मतदान केन्द्रमा पुन मतदानको माग गरिएको छ ।

साविकको रिस्ती गाविसको भवन फेदीको मतदान केन्द्र ‘क’ र ‘ख’ मा पुन मतदान नभए मतगणनामा सहभागी नहुने चेतावनि दिईएको छ ।

नेपाली कांग्रेसको साधारण सदस्य समेत नरहने गरेर कारबाहीमा परेका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी र नेकपा एमालेले तालमेल गरेर व्यास नगरपालिकामा स्थानीय तहको निर्वाचन लडेका छन् । नेकपा एमालेको जिल्ला सचिव राजेश्वर ढकाल र जोशी समुहका हरिशरण पण्डितले संयुक्त विज्ञप्ति निकाल्दै पुन : मतदान हुने स्थिति नहुँदासम्म अन्य मतदान केन्द्रको मतपेटिकाको मतगणनामा समेत सहभागी नहुने चेतावनी दिएका छन् ।

मतदान निरीक्षणको क्रममा रिस्ती पुगेका मेयरका स्वतन्त्र उम्मेद्वार गोविन्दराज जोशीपुत्र दिपकराजलाई कांग्रेस कार्यकर्ताले आक्रमण गरेर घाइते बनाएका छन् । उनको टाउको चोट लागेको छ । जिल्ला अस्पताल दमौलीमा सामान्य उपचारपश्चत पोखरास्थित फिस्टेल अस्पतालमा लगेर थप उपचार भइरहेको छ ।

नेपाली कांग्रेसका मेयरका उम्मेद्वार बैकुण्ठ न्यौपानेको निर्देशनमा अराजक गुण्डाहरुले जोशीको ज्यान लिने गरेर धारिलो हतियारले प्रहार गरेको एमाले र जोशी समूहको आरोप छ ।

मेयरका उम्मेद्वार जोशीले आवेगमा आएर मतपत्र च्यातेपछि कांग्रेस कार्यकर्ताले आक्रमण गरेको मतदान अधिकृत दामोदर कार्कीले बताए ।

जोशीले आफ्नो एजेन्ट नभइकन किन मतदान सुरु गरेको भन्दै विवाद निकालेको कार्कीले जानकारी दिए । जोशीलाई आक्रमण भएपछि मतदानस्थलमा करिब एक घण्टा १५ मिनेट तनावपुर्ण स्थिती सिर्जना भएको थियो ।

दिउँसो ३ बजेको समयमा घटना भएको उनले जानकारी दिए । स्थिती सामान्य भएपछि फेरी मतदान सुरु गरेर साढे ६ बजे मतदान सम्पन्न गरेको कार्कीले जानकारी दिए । साँझ ५ बजेसम्म मतदानस्थल प्रवेश गरेकालाई मतदान गर्न दिएको उनले जानकारी दिए ।

उनका अनुसार रिस्ती गाविस भवन फेदीको मतदानस्थलको ‘क’ र ‘ख’ मा गरेर एक हजार ५६६ मतदाता रहेकोमा ९२२ मत खसेको छ ।

 

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ११ : २९ बजे

कांग्रेस विशेष महाधिवेशन : भोलि २ बजेलाई तोकियो निर्वाचन, आकांक्षी धेरै हुँदा जुटेन सहमति

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन

कांग्रेस फुटेपछि कृष्ण सिटौलाले भने : गहिरो चोट लागेको छ

काठमाडौं – नेपाली कांग्रेस विभाजन भएपछि नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसलाई

नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच पार्टी समायोजन सम्पन्न

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारीसाधन

कांग्रेसको विशेष महाधिवेशन : सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गर्ने तयारी

काठमाडौं – भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ