'हाम्रो अचार पनि अन्तर्राष्ट्रियस्तरको ब्राण्ड बन्नसक्छ' | Khabarhub Khabarhub

‘हाम्रो अचार पनि अन्तर्राष्ट्रियस्तरको ब्राण्ड बन्नसक्छ’

घरमै उत्पादन गरेर बजारमा अचार बेच्ने अमिता लामाको संघर्ष


३० जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय काठमाडौँ उपत्यकामा नयाँ नयाँ स्वाद पाइने अचार बजारमा छन् । अचारको उत्पादन र वितरण चुनौतीपूर्ण भए पनि बजार भने बढ्दो छ । बजारमा उत्पादन गरिएको भन्दा घरमै उत्पादन गरिएको अर्गानिक अचारमा उपभोक्ताको मन गढेको छ । जसले गर्दा घरमै सानै लगानीमा उत्पादन भइरहेको अचार विस्तारै ब्राण्डेड भइरहेको छ । यस्तै अचार उत्पादनमा असली किम्ची अचार हाउस बढी चर्चित छ । अमिता लामाले यसको उत्पादनबाट घरबाटै थालेर बजारमा पठाएकी हुन् । जो अहिले आफ्नै ब्राण्ड स्थापित गर्न संघर्षरत छिन् । उनीसँग गरिएको कुराकानीको सम्पादित अंशः

अमिताजी यहाँलाई खबरहबमा स्वागत छ ?
धन्यवाद ।

अचार ब्राण्डको काम कस्तो भइराखेको छ ?
अहिले त सबैले राम्रो भनिरहेका छन् ।

सुरुवाती दिनको संघर्षलाई कसरी सम्झिनुहुन्छ ?
लकडाउनले गर्दा त्यतिकै बस्नु परेको अवस्थामा त्यतिकै घरमा बस्नु भन्दा कसैलाई  रोजगारी दिन सकिन्छ कि भनेर सुरु गरेकी थिएँ । हाम्रो हातमा पनि सीप छ भन्ने मनोभावना बुझेर बिहान बेलुका अचार ट्वाक्क बनाएर खाइराखेको हुन्छ । यसैलाई नै प्रमोट गरौँ कि भनेर मैले उद्देश्यका साथ यो अचार बनाउने कुरा मनमा आयो ।

कस्ता कस्ता परिकारका अचारहरु पाउँछ, मार्केटमा सबैभन्दा बढी कुन अचारको माग छ ?
मार्केटमा चाहिँ अहिले माग सिद्रा माछाको गइराखेको छ । अनि मुलाको मिक्स अचारको अब सिजन आउँदैछ । यो आँपको, मासुको अचार खोज्ने दिन दिनै धेरै जना आउँछन् । डल्ले खुसार्नी पनि गइराखेको छ । जस्तै जुन तरिकाले माग आइरहेको छ, त्यहि अनुसार अचार बनाएर पठाइरहेका छौँ ।

यो सुरुवाती दिनलाई कसरी सम्झिनु हुन्छ ? कति लगानीमा सुरुवात गर्नु भएको हो ?
सुरुवाती लगानी चाहिँ मेरो १० हजारदेखि १५०० हजारको हाराहारीमा हो । दर्ता गर्ने मात्रै हो । थोरै लगानी गरेर दिदीबहिनी मिलेर लगानी गरेको हो । दुःखै थियो । बजारको चिन्ता पनि थियो । तर हामी चाहिँ आटेर लौ केही गरौँ न भनेर यो गरेको हो ।

काम कतिको अप्ठेरो छ जस्तो लाग्छ ? फेरि गुणस्तरको कुरा पनि उठ्ला ?
चुनौती त एकदमै छ । आफ्नो घर छैन भाडामा बसिरहेका छौँ । म्यानेज गरी रहेका छौँ । मार्केटमा स्वस्थ्य प्रतिष्पर्धा छैन । त्यसमाथि हामीले सफा गरेर पठाए पनि कम्प्लेन आउँछ । सरसफाइका विशेष ध्यान दिएको छौँ । धेरै अचारहरु छन् । बजारमा प्रतिस्पर्धामा जानुपर्छ गाह्रो छ, गाह्रो त ।

जनशक्ति कति जना हुनुहुन्छ ? कामलाई निरन्तरता दिनु भएको छ ?
अहिले चाहिँ हामी दिदीबहिनी र सासु पनि हुनुहुन्छ । हामी चार जना भएर गरी राखेको छौँ । बजारीकरण गर्ने तरिकाले गरी राखेको छौँ । केहि कामदार राखेर महिला दिदीबहिनीको नै आफ्नो हातमा सीप हुनसक्छ । यस्ता गृहणीहरु हेरेर बुझेर खास अचार बनाउने भएका र नभएकालाई हामी सिकाउँछौ यसरी गर्ने योजनामा छौँ ।

ग्राहकसम्म पुग्न कतिको सहज भइराखेको छ ?
यो सामाजिक सञ्जालले गरेर हामीलाई ग्राहकसम्म पुग्न सहज भइरहेको छ ।

महिनाको कतिसम्म आम्दानी हुन्छ ?
अचारबाट नाफा राम्रै छ । मार्केटमा मैले प्रतिस्पर्धा गरेर उनीहरुसँग मूल्य त्यसरी राखेको छैन । मेरो पनि भाडामा बस्ने मान्छे हो । एउटा भारी बोकेर हिड्ने मान्छेले पनि अचार किनेर खान सकोस् । मूल्य मैले यस्तो राखेको छु कि जसले पनि किनेर खानसक्छ ।

गुनस्तरको हिसाबले र मूल्यको हिसाबले मापदण्ड राख्नु भएको छ ?
हामीले दर्ताको प्रक्रियामा गएर सबै यो गुणस्तर चिन्ह ल्याइसक्यौ । मार्केटमा जस्तो छ, त्यस्तै स्वाद मात्रै फरक हो । आफ्नो आफ्नो हातको स्वाद फरक हुन्छ । गुणस्तरको हिसाबमा एकदमै राम्रो छ । हजुरहरु ढुक्क हुनुस् । यसमा हामीले केहि केमिकल राखेको छैन, एकदमै अर्गानिक छ ।

कस्तो छ घरपरिवारको साथ सहयोग ?
घर परिवारको साथ सहयोग छ । पहिले त के अचार गरिरहनु ? यस्तो सानो सोच लिनु हुँदैन भन्थे । स्नातक पढेको मान्छेले कहाँ अचार मात्रै बनाउने भन्थे ? मेरो यताउता कोसेली लैजादा, यति मिठो छ ? अचार बजारमा पुग्यो भने राम्रो हुन्छ । ए तिमी त यसैमा व्यवसाय बनाए हुन्छ भनेर प्रोत्साहन दिने घरपरिवार हुनुहुन्छ ।

काम चाहिँ कस्तो छ त ?
१५ महिनाको बच्चा लिएर मैले सुरु गरेको हो । अचार काट्कुट, हाल्ने, बजार जानेदेखि लिएर सबै आफै गरिराखेको छु । अरुले पनि बच्चा लिएर के गर्न खोजेको, किन यस्तो गरेको, किन दुख गरेको ? बरु अरु काम गरेको भए हुनी भनेर धेरै जनाले आशा नै मार्दियो । आफै गर्न सक्छु भन्ने आँट थियो, किन आफ्नो सीप नदेखाउने भनेर सुरु गरेको हो ।

घरभित्रै अर्काको कमाई खाएर बस्ने दिदीबहिनीलाई के भन्नुहुन्छ ?
त्यसरी नबस्नुस भन्छु । आउनुस् हामी मिलेर गरौँ खाली बस्नु राम्रो होइन, के थाहा भोलि गएर यो हाम्रो ब्राण्ड पनि अन्र्तराष्ट्रियस्तरको बन्नसक्छ । तपाई हामी मिलेर गरौ त्यतिकै समय खेर किन फाल्नु ? एकजनाको कमाइले गाह्रो छ, घरपरिवार चलाउन । परिवारलाई सहयोग, श्रीमानलाई सहयोग हुन्छ आउनुस मिलेर गरौँ भनेर भन्न चाहन्छु ।

अचार जति पुरानो त्यति नै मिठो भन्छन् तपाईको विचारमा के लाग्छ यो अचार पुरानो भएर मिठो हुने हो कि हातले बनाउने तरिका राम्रो भएर हो ?
अचार जति पुरानो त्यति मिठो भन्ने कुरा मात्रै हो । हाम्रो फिक्स डेट हुन्छ कहिलेसम्म यो अचार खाँदा स्वास्थ्यलाई असर गर्दैन, त्यसको इक्पाएर डेट कहिलेसम्म छ त्यो हेरेर मात्रै खाने गर्नुहोला । आफ्नो स्वास्थ्यसँग खेलबाड नगर्नुहोला । त्यो भित्र राखेको मिति राम्रोसँग हेरेर खाइदिनु होला भन्न चाहन्छु ।

सरकारीस्तरमा यो गुणस्तरलाई कसरी मापदण्डमा राख्नु भएको छ ?
उहाँहरुले अचार हेर्नुहुन्छ । लगेर ३ देखि ६ महिलासम्म ल्याबमा चेक गर्न राख्नुहुन्छ । ल्याबमा राख्दा ढुसी आउने भएन भने हामी पास हुन्छौ । अनि त्यसरी मार्केटमा पठाउने हो ।

मार्केटमा जसरी पठाउनुहुन्छ, त्यसले माग धान्न कत्तिको गाह्रो छ ?
डिमाण्ड हामीले पुरा गर्न सकिराखेको अवस्था छैन । यो मिक्स र माछाको अचारहरु गइराखेको छ । धेरै जना कामदारहरु राखेर सुरुवात गरेको छैन । अनि पुर्याउन सकेको पनि छैन ।

कस्तो अचारलाई गुणस्तरीय अचार मान्न सकिन्छ ?
हाम्रो स्वास्थ्यसँग त्यस्तो कुनै पनि असर नगराउने, मिठो, सफा यी कुरा भएको अचारलाई राम्रो गुणस्तर भन्न चाहन्छु । एकपटक राम्रोसँग हेरेर अचार खानुपर्छ । ठ्याक्कै आँखाले हेरेर अचारको गुणस्तर भन्न गाह्रै हुन्छ ।

बजारमा टिक्नका लागि के के कुरामा ध्यान दिइरहनु भएको छ ?
मुख्य कुरा गुणस्तरीय अचार र सरसफाई हो । अनि अचारको मूल्य पनि धेरै हुनु भएन ।सबैै तहका मानिसले किनेर खानसक्ने अचार हुनुपर्छ । (प्रस्तुति : मौसमी राना)

प्रकाशित मिति : ३० जेठ २०७९, सोमबार  ८ : ५३ बजे

इम्बोस्ड नम्बर प्लेटबारे यसअघिको निर्णयबाट पछि हटयो सरकार, अब स्वैच्छिक मात्रै

काठमाडौं- इम्बोस्ड नम्बर प्लेट जडानका सम्बन्धमा यसअघिको निर्णयबाट सरकार पछाडी

मन्त्री पाण्डेले दिए पर्वतारोहण सङ्घका नवनिर्वाचित कार्यसमितिलाई बधाई

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल पर्वतारोहण

उखु किसानलाई अनुदान रकम निकासा, पर्सिसम्म किसानको खातामा रकम पुग्ने

काठमाण्डौं– सरकारले उखु किसानहरुलाई प्रोत्सहान, अनुदानबापतको रकम आज निकासा गरेको

हैजा फैलिएपछि वीरगञ्जका विद्यालय भदौ १३ सम्म बन्द

वीरगञ्ज- पर्साको वीरगञ्ज महानगरपालिकाभित्रका विद्यालयहरू भदौ १३ सम्म बन्द गरिने

ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा निर्विराेध निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसकी सांसद् ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन